सोमवार, साउन ६, २०७६
Monday, Jul 22, 2019
Prabhav News

लोकसेवाले आवेदन म्याद बढायो



लोकसेवाले आवेदन म्याद बढायो

काठमाडौं- लोकसेवा आयोगले आवेदनको अत्यधिक चापका कारण अनलाइन सर्भरले थेग्न नसकेको भन्दै फर्म भर्ने म्याद एक साता थपेको छ। पाँच सय १५ स्थानीयतहका लागि ६ हजार १ सय ६१ पद पुर्तिनिम्ति विज्ञापन आह्वान गरिएकामा सर्भरमा चाप भई साविक म्यादभित्रै दरखास्त अपलोड गर्न नसकिएको आयोगले जनाएको छ।‘अनुमानभन्दा धेरै बढी आवेदन पर्‍यो, सर्भरमा अपलोडको समस्या पर्‍यो। त्यसैले सात दिन म्याद साविक शुल्कमै थपेका हौं,’ आयोगका प्रवक्ता किरण शर्माले नेपालन्युजलाई बताए।म्याद थपिएसँगै १७ गतेसम्म इच्छुकहरुलाई आवेदन गर्ने मौका मिलेको छ। आयोग स्रोतका अनुसार २० दिनको साविक म्यादमा डेढ लाखभन्दा बढी आवेदन परेको छ।आयोगको विज्ञापनलगत्तै समावेशी नभएको भन्दै देशका ठाउँ ठाउँमा विरोध भइरहे पनि आवेदन संख्यामा कमि चाहिं नआएको अधिकारीहरु बताउँछन्।

प्रकाशित मिति : मङ्लबार, असार ३, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology