सोमवार, साउन ६, २०७६
Monday, Jul 22, 2019
Prabhav News

जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुग्यो, ५ जना गम्भीर घाइते



जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुग्यो, ५ जना गम्भीर घाइते

बझाङ– बझाङमा यात्रुबाहक जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ९ पुगेको छ। चैनपुर नजिकै डुङ्ग्रीबाट मस्टा गाउँपालिकातर्फ जाँदै गरेको स १ ज १०७२ नम्बरको जिप बझाङ्को मस्टा गाउँपालिकास्थित डौठी भन्ने स्थानमा दुर्घटना भएको थियो।

सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर सार्कीले ९ जनाको लाश भेटिएको बताए। उनका अनुसार ५ जना गम्भीर घाइतेलाई हेलिकोप्टरमार्फत काठमाडौं उपचारको लागि पठाएको जानकारी दिए। प्रारम्भिक जानकारी अनुसार जीपमा सवार कल्लु खड्का, उनकी श्रीमती, छोरा, छोरी, त्यस्तै हेमराज खड्का, सुनिता बोहोरा तथा उनका श्रीमानको लाश भेटिएको छ। घटनाबारे थप जानकारी आउन बाकी रहेको छ।

प्रकाशित मिति : सोमवार, असार २, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology