बुधबार, अशोज १, २०७६
Prabhav News

प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु



प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु

प्रभाव न्यूज डटकम संवाददाता, खोटाङ –  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम लागू गरिएको छ । बेरोजगार एबं अति विपन्न परिवारका नागरिकलाई गाउँमै रोजगारको अवशर दिएर १५ वडा रहेको नगरपालिकामा कार्यक्रम लागू गरिएको हो । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तरगत नगरपालिकाका १८० बेरोजगार नागरिकले रोजगार पाएको नगरप्रमुख दिपनारायण रिजालले बताए ।

दैनिक जनही ६१० रुपैयाँ पारिश्रमिक पाउनेगरी नगरपालिकामा कार्यान्वयनमा ल्याइएको प्रधानमन्त्री स्वरोजगार कार्यक्रम मंगलबार जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चाम्लीङले उद्घाटन गर्नुभएको हो ।

गरिबीको रेखामुनि रहेका र बेरोजगार नगरबासीमध्येबाट छनौट गरेर वर्षमा कम्तीमा सय दिनको रोजगारीको अवशर दिइएको नगरपालिकाले जनाएको छ । मासिक जनही १८ हजार ३ सय पाउने गरी रोजगार कार्यक्रममा सहभागी स्थानीयलाई सम्वन्धित वडाभित्रको कच्ची सडकको नाली निर्माण, वडा कार्यालय, स्वास्थ्यचौकी, विद्यालय रंगरोगन गर्ने, विद्यालय वरपर बगैंचा निर्माण गर्ने, फलफुलका बिरुवा रोप्ने लगायतका काममा खटाइएको नगरप्रमुख रिजालले बताए । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत गाउँमै रोजगार गाउँदा स्थानीय उत्साहित छन् ।

यस्तै, रावाबेंशी गाउँपालिकामा पनि प्रधानमन्त्री रोजगार कार्यक्रम लागू गरिएको छ । त्यस गाउँपालिकामा १०७ जना बेरोजगार नागरिकले रोजगार पाएका छन् । उनीहरुले प्रत्येक दिन ५ सय १७ रुपैयाँका दरले पारिश्रमिक पाउनेगरी रोजगार कार्यक्रम कार्यान्वयनमा ल्याइएको गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले बताए ।

 

प्रकाशित मिति : मङ्लबार, जेष्ठ २८, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology