बुधबार, अशोज १, २०७६
Prabhav News

तास खेलीरहेको अवस्थामा २४ हजार नगदसहित पाँच जना पक्राउ



तास खेलीरहेको अवस्थामा २४ हजार नगदसहित पाँच जना पक्राउ सांकेतिक तस्विर

प्रभाव न्यूज डटकम संवाददाता, खोटाङ-  खोटाङमा तास खेलीरहेको अवस्थामा पाँच पक्राउ परेका छन् । दिक्तेलको रत्नपार्कमा चन्द्रबहादुर खत्रीको घरमा तास खेलिरहेको अवस्थामा २४ हजार ३५७ रुपैयाँ पैसा र तास सहित पक्राउ परेका हुन् ।

तास खेलिरहेको सूचनाका आधारमा दिक्तेलबजारका विनोद उदास, निर्मलीडाँडाका दिपक कट्वाल, मनी बुढाथोकी, च्यास्मीटारका भीम राई र गणेश राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक केशवकुमार कट्वालले जानकारी दिए ।

सोमबार पक्राउ परेका पाँच जनालाई मंगलबार जिल्ला प्रशासन कार्यालयमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : मङ्लबार, जेष्ठ २८, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology