बुधबार, अशोज १, २०७६
Prabhav News

बिगत वर्षहरुको तुलनामा खोटाङमा तेव्वर बजेट ल्याउन सफल भयौं : संसद भट्टराई

  • अर्थ
  • प्रकाशित मिति : सोमवार, जेष्ठ २७, २०७६


बिगत वर्षहरुको तुलनामा खोटाङमा तेव्वर बजेट ल्याउन सफल भयौं : संसद भट्टराई

प्रभाव न्यूज डटकम संवाददाता, खोटाङ – नेकपाका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सांसद विशाल भट्टराईले गत वर्षहरुको तुलनामा यो पटक तेब्बर बजेट ल्याउन सफल भएको बताएका छन् । पत्रकार संमेलन गर्दै सांसद भट्टराईले सरोकारवाला निकाय राखेर अन्य बर्षहरुको तुलनामा तेब्बर बजेट ल्याउन सफल भएको बताएका हुन् ।

पत्रकार संमेलन मार्फत बजेट सुनाउदै सांसद भट्टराईले भने, केन्द्र सरकारको जम्मा बजेटको २ प्रतिशत भन्दा बढी बजेट जिल्लामा ल्याउन सफल भएको छु । मिडियाले खबरदारी गरिदिनु पर्छ आउने वर्ष अझ बढी बजेट ल्याउने छु । जिल्लामा अहिले सम्म १ प्रतिशत भन्दा बढी बजेट आउन सकेको थिएन ।

सांसद भट्टराईले कृषि, सडक, खानेपानी सिंचाई विद्युत लताएतका क्षेत्रमा बढि बजेट छुट्टिएको पनि सम्मेलनमार्फत बताए ।

पर्यटनको क्षेत्रमा हलेसीलाई विशेष प्राथामिकतमा राखेको बताउदै सांसद भट्टराईले भने, यसपटकको बजेट बक्त्तब्यमा खोटाङका दुई वटा ठुला योजनाको नाम आएकोमा म खुसी छु , हलेसी गुरुयोजना र दूधकोशि परियोजना यि चाडै सञ्चालन हुने छन् । दूधकोशी परियोजना सुरु गर्न सरकारले ६३५ मेगावटको परियोजनाको लागि एक खर्ब ५० अर्ब लागत रकम छुट्टाएको छ अब यसै वर्ष टेण्डर हुन्छ ।

हलेसी र दूधकोशि परियोजनाको समस्या भनेको मुअब्जा हो उनले भने, यसको लागि घर धुरी सर्भे कार्य भईहरेको छ ,कसैको मन नदुखाउने गरी मुअब्जा वितरण गरिने छ ।

सांसद भट्टराईले सदरमुकामको ठुलो समस्या हल हुने गरि बजेटको पहल गरेको पनि बताए । शहरी विकास मार्फत दिक्तेल बजार ढलान गर्ने र शहिद मनोज जोशी सभागृह निर्माण नगरपालिका सगँको सहकार्यमा यसै बर्षवाट प्रारम्भ गरिने उनको भनाई छ ।

सडक सम्बन्धि योजनाहरुमा यस पटक दिक्तेल खोटाङबजार, बंशिलाघाटबाट चिसापानी हुदै दिक्तेल ऐसेलुखर्क सोलु सम्म जोड्ने उत्तर दक्षिण राजमार्ग, खोटाङबजारवाट पामाखाङ भञ्ज्याङ भोजुर जोड्ने अन्तर जिल्ला सडक लगाएत दर्जनौ सडकहरु यस बर्ष खोटाङमा परेका छन् ।

प्रकाशित मिति : सोमवार, जेष्ठ २७, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology