बुधबार, अशोज १, २०७६
Prabhav News

न्यायीक समितिको कार्यसम्पादन अझै अन्योलमा



न्यायीक समितिको कार्यसम्पादन अझै अन्योलमा

प्रभाव न्यूज डटकम संवाददाता, खोटाङ-  न्यायीक समितिको कार्यसम्पादनमा अझै पनि अन्योल देखिएको खोटाङमा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् । मेलमिलाप परिषदले सोमबार दिक्तेलमा आयोजना गरेको मेलमिलाप सम्वन्धी अभिमुखीकरण कार्यक्रममा सहभागीले हरेक स्थानीय तहमा गठित न्यायीक समितिको कार्यसम्पादनमा अन्योल देखिएको बताएका हुन् ।

सर्वोच्च अदालत मेलमिलाप परिषदका वरिष्ठ अधिबक्ता मातृका निरौलाले मेलमिलाप सम्वन्धी कार्यपत्र प्रस्तुत गरेपछि जिज्ञासा राख्नेक्रममा सहभागीले न्यायीक समितिको काम, कारबाहीलाई अझै प्रभावकारी बनाउन नसकिएको गुनासो गरेका छन् । कतिपय मेलमिलाप गरेर पठाइएका विवाद पुःन उल्टेर आउने समस्या पनि देखिएको ऐसेलुखर्क गाउँपालिकाकी उपाध्यक्ष एबं न्यायीक समितिकी संयोजक पुष्पकला भुजेलले बताउनुभयो ।

पाथेकाका वडा सदस्य एबं न्यायीक समितिका वडा संयोजक पर्शुराम बानियाँले अधिकांश विवादलाई सहमतीमा टुंग्याउन सकिए पनि लेनदेनका पुराना बिवादलाई समाधान गर्न असहज भइरहेको बताउनुभयो ।

कार्यक्रममा सहभागी स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, न्यायीक समितिका सदस्य, कार्यालय प्रमुख, मेलमिलापकर्ता, नागरिक समाज, शिक्षक, अधिकारकर्मी, उद्योगी, व्यवसायी लगायतलाई मेलमिलाप सम्वन्धी ऐन, नियमावली, मेलमिलापकर्ताको आचारसंहिता लगायतको बारेमा जानकारी दिइएको छ ।

प्रकाशित मिति : सोमवार, जेष्ठ २७, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology