बुधबार, अशोज १, २०७६
Prabhav News

खोटाङका डिएसपी केसीको बिदाइ, गौतमलाई स्वागत



खोटाङका डिएसपी केसीको बिदाइ, गौतमलाई स्वागत

प्रभाव न्यूज डटकम संवाददाता, खोटाङ –  खोटाङका डिएसपी राजकुमार केसीको बिदाई भएकोे छ । २०७५ साल साउन २७ गते जिल्लामा आएका केसीको प्रहरी प्रधान कार्यालयले गत जेठ १७ गते कास्की जिल्लामा सरुवा गरेपछि केसीलाई जिल्लाबाट बिदाइ गरिएको हो ।

दश महिना जिल्लामा बसेका केसीले निष्पक्ष, जिम्मेवारपूर्ण भएर काम गरेको तथा शान्ति सुरक्षाको क्षेत्रमा ठुलो योगदान पुर्‍याएको एको भन्दै यहाँका विभिन्न संघसस्थाले सम्मान तथा बिदाइ गरेका हुन् ।

मिलानसार, कामप्रति पूर्ण जिम्मेवार तथा जनताको कामका लागि कतिपय अवस्थामा आफै दुर्गम ठाँउमा पुगेरसमेत सेवा प्रवाह गरेको, विभिन्न बिकृति, विसंगतिलाई निर्मूल गरेर जिल्लावासीमा शान्ति सुरक्षा र अमनचयनमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै जिल्ला समन्वय समिति, जिल्ला सुरक्षा समिति, कर्मचारी मिलन केन्द्र, सामुदायिक सेवा केन्द्र, किरात राइ यायोख्खा र नेपाल सितोरियो कराते संघले बिदाइ गरेको हो ।

बिदाइसंगै केसीलाई शुभकामनासमेत प्रदान गरिएको छ । नेपाल सितोरियो कराते संघले भिलेज होटलमा एक कार्यक्रमको आयोजना गरेर केसीलाई मायाको चिनासमेत प्रदान गरेको छ ।
यस्तै, महानगरिय प्रहरी कार्यालय काठमाडौं ईन्टेलीजेन्स महाशाखा विशेष सेलका डिएसपी बामदेव गौतम जिल्लामा आउँनुभएको छ । उक्त संघसंस्थाले गौतमलाई स्वागतसमेत गरेका छन् ।

प्रकाशित मिति : शनिबार, जेष्ठ २५, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology