बुधबार, अशोज १, २०७६
Prabhav News

तुवाचुङ जायजुममा किरात राईको सामुहिक चुला पुजा



तुवाचुङ जायजुममा किरात राईको सामुहिक चुला पुजा

प्रभाव न्यूज डटकम संवाददाता, खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको तुवाचुङ जायजुममा किरात राई समुदायले सामुहिक चुला पुजा गरेका छन् । किरात राई समुदायको उद्गम थलो मानिने तुवाचुङ जायजुममा शनिबार नछुङ लगेर तीन चुलाको पुजा गरिएको हो । ऐतिहासिक एबं पर्यटकीय स्थलमा पितृको सम्झना एबं संस्कार संस्कृतिको संरक्षणको सन्देश दिनका लागि तुवाचुङ जायजुम संरक्षण समितिको आयोजनामा खोटाङ, उदयपुर, ओखलढुंगा लगायतका राई समुदाय भेला भएर तीन चुलाको पुजा गरेका हुन् ।

किरात राईको पुर्खा तायामा, खियामा र रैछाकुलेले कृषि युग र मानव सभ्यताको सुरुवात गरेको किंवदन्ती बोकेको स्थलमा हरेक बैसाख पूर्णीमा र मंसिर पूर्णीमाको अवशरमा एक÷एक पटक चुला पुजा गर्नेगरिएको संरक्षण समितिका महासचिव दिनेश राईले बताए । साकेला उभौलीको अवशरमा संरक्षण समितिको कार्यालयमा चुला पुजा गरेपछि रैछाकुले, तायामा र खियामा तथा भूमे पुजा समेत गरिएको छ ।

त्रि–धार्मिकस्थल हलेसिभन्दा केही माथि रहेको तुवाचुङ जायजुममा नेपाल सहित भारतको दार्जिलीङ र सिक्किमका राई समुदाय पुजाआजाका लागि आउने गरेको संरक्षण समितिका अध्यक्ष राकेश राईले बताए ।

चुला पुजाको अवशरमा तुवाचुङ जायजुमडाँडामा बृहत साकेला सिली प्रदर्शन गरिएको छ । खोटाङ र उदयपुरबाट आएका १२ समुहले ढोल, झ्याम्टाको तालमा साकेला गीत गाउँदै तुवाचुङ जायजुमडाँडा गुञ्जाएका छन् । बृहत साकेला सिली हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले उद्घाटन गरेका थिए ।

प्रकाशित मिति : शनिबार, जेष्ठ २५, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology