बुधबार, अशोज १, २०७६
Prabhav News

सुनकोसीले बगाउँदा बालकको मृत्यु



सुनकोसीले बगाउँदा बालकको मृत्यु सांकेतिक तस्विर

प्रभाव न्यूज डटकम संवाददाता, खोटाङ –  सुनकोसीले बगाउँदा खोटाङमा बालकको मृत्यु भएको छ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका १२ वर्षीय विजय राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उदयपुरको रुपटार गाउँपालिका–५ खुमलटारस्थित आफन्तको घरमा गएपछि घर फर्कनेक्रममा बालकलाई कोसीले बगाएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताए ।

उनलाई नदी तर्नेक्रममा बगाएको हो । घट्नास्थलभन्दा केही तल बालकको शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : शनिबार, जेष्ठ २५, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology