खोटाङ कांग्रेसको जागरण अभियान : यसरी उर्लियो दिक्तेल बजारमा जनसागर (फोटो फिचर)

प्रभाव न्यूज डटकम संवाददाता, खोटाङ – नेपाली कांग्रेसको पहिलो चरणको राष्ट्रिय जागरण अभियान अन्तरगत खोटाङ कांग्रेसले सदरमुकाम दिक्तेलबजारमा बृहत प्रदर्शन गरेको छ । कांग्रेस सुधारका लागि केन्द्रदेखी गाउँ तहसम्म गरिएको जागरण अभियानको अन्तिम दिन कांग्रेसले -याली निकालेर विविध नाराका साथमा प्रदर्शन गरेको हो ।

दिप्रुङ चुइचुम्मा गाउँपालिकाका कांग्रेसले दिक्तेलको अस्पतालचोकबाट सुरु गरेको प्रदर्शनसँग दिक्तेलस्थित पार्टी कार्यालयबाट अन्य स्थानका कांग्रेसीहरु मिसिएर बृहत प्रदर्शन गरेका हुन् । मुल्यबृद्धी फिर्ता गर, प्रेसमाथिको हस्तक्षेप बन्द गर, निर्मला पन्तको बलात्कारीलाई कारबाही गर, हत्यारालाई जोगाउन पाईन्दैन, ओली सरकार कस्तो, श्री ३ महाराजजस्तो लगायतका नारा लगाउदै प्रदर्शन गरेका थिए ।

प्रदर्शनपछि स्थानीय हेलिप्याडमा गरिएको आमसभामा कांग्रेसका युवा नेता तथा अभियानका लागि केन्द्रीय प्रतिनिधि उदय शम्सेर राणाले वाईडबडी जहाजमा ५ अरब भ्रष्टाचार भयो भन्ने कुरा सार्वजनिक भएकोमा वर्तमान सरकारले छानबिन समिति बनाउन र आफ्नै मान्छे संलग्न भएकाले अख्तियालाई छानबिन तुरुन्त गर्नु भनेर निर्देशन दिन नसकेको बताए ।

खोटाङ क्षेत्र नम्बर (क) का हलेसी, बाक्सिला, कुभिण्डे (हरमटार) र ऐसेलुर्खकमा जागरण अभियान सकेको कांग्रेसले आज बिहान ११ बजेदेखी पहिलो चरणको अन्तिम जागरण अभियान सदरमुकाम दिक्तेलबजारको स्थानीय हेलीप्याडमा बृहत आमसभा गरेर समपान गर्ने खोटाङ कांग्रेसका सचिव ज्ञानेन्द्र जोशीले बताए । आमसभा अघि दिक्तेलबजारर्मा याली निकालिने छ ।

खोटाङ क्षेत्र नम्बर १ का विभिन्न ठाँउमा जागरण अभियान सकेको कांग्रेसले पहिलो चरणको अभियान आज सम्पन्न गरेको हो । जागरण अभियानले कांग्रेसलाई आगामी दिनमा कता लाने भन्ने निर्धारण गर्ने कांग्रेस नेताहरुले बताएका छन् । आगामी भदौ २४ गतेदेखि असोज ७ गतेसम्म दोस्रो चरणको जागरण कार्यक्रम हुने कांग्रेसले जनाएको छ ।