हावाहुरीका कारण कैलाली,कञ्‍चनपुरको जनजीवन अस्तव्यस्त

धनगढी- विहिवार राती आएको हावाहुरीले कैलाली कञ्‍चनपुरको जनजीवन अस्तब्यस्त बनेको छ। हावाहुरीका कारण कैलाली कंचनपुरमा गरि १ सय भन्दा बढी घाईत भएका छन् भने २ जनाको मृत्यु भएको छ।हावाहुरीले बिद्युतका पोलहरु ढल्दा बिद्युत पुर्णतया अबरुद्ध छ। विद्युत नभएपछि कैलाली कंचनपुरबाट निस्कने २ दर्जन भन्दा बढी स्थानीय पत्रपत्रिकाहरु प्रकाशीत हुन सकेका छैनन्।अधिकांश एफएम रेडियोहरु पनि बन्द अबस्थामा रहेका छन्। हावाहुरीले धेरै ठाउँमा क्षति पुर्‍याएकाले बत्ति बन्न समय लाग्ने विद्युत प्राधिकारणले जनाएको छ।हावाहुरी कारण बिद्यालयहरुमा क्षती भएका कारण शुक्रबार कैलाली तथा कंचनपुरका अधिकांश बिद्यालयहरु समेत बन्द रहेका छन्।विद्यार्थीहरु बिहानै बिद्यालय पुगेपनि बिद्यालयमा क्षती भएका कारण पठन पाठनको अबस्था नभएपछि बिद्यार्थीहरुलाई घर फर्काईएको छ।मानविय क्षती कम भएपनि भौतिक क्षती भने अत्याधिक भएको प्रहरीको भनाई छ । क्षतीको तथ्यांक संकलन भईरहेकाले अहिल्यै भन्न नसकिने प्रहरीको भनाई छ।हावाहुरीले कैलालीको टिकापुर नगरपालिका वडा नम्बर–२ स्थित पोल्ट्री फर्मको पर्खाल भत्किदा स्थानीय लाहनु डगौराको मृृत्यु भएको जिल्ला पहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक प्रकाश बहादुर डागीले बताए। यसै गरी गोदावरी नगरपालिका वडा नम्बर–८ जमुनाभाडीका ३१ बर्षे बिरबहादुर चौधरीको पनि हावाहुरीमा परी मृत्यू भएको प्रहरी निरिक्षक डागीले बताए।चौधरीले चलाई रहेको से १ प ५८२१ नम्रको मोटरसाइकल हावाका कारण अनियन्त्रित भई बा.३ प ३८३६ नम्बरको टिप्परसँग ठोक्किदा मृत्यु भएको जनाइएको छ। हावा हुरीमा परी कैलालीमा मात्रै हाल सम्म ७६ जना घाइते भएका जनाइएका छन्। जसमध्य ५ जनाको अवस्था गम्भिर रहेको र अन्यको अवस्था भने सामान्य रहेको प्रहरी निरिक्षक डागीले बताए।हावा हुरीकै कारण कञ्चनपुरमा २३ जना जना घाइते भएका जनाइएको छ। जसमध्य १५ जना सामान्य उपचार पछि घर फर्किसकेका र ८ जना लाई अन्यत्रै रेफर गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सहायक प्रहरी उपरिक्षक ज्ञानबहादुर सेठ्ठीले बताए।प्रहरीका अनुसार हावा हुरीबाट भएको भौतिक क्षतिको विवरण भने आउन सकेको छैन। हावा हुरीका कारण कैलालीमा मात्रै कराडौंको भौतिक क्षति भएको हुन सक्ने आँकलन गरिएको छ।इलाका प्रहरी कार्यालय सुख्खड, पहलमान प्रहरी चौकी, धनगढी राजपुर प्रहरी विट र वडा प्रहरी कार्याल धनगढीमा हावाहुरीले क्षति पुर्‍याएको प्रहरी निरिक्षक डागीले बताए। यस्तै हावा हुरीले सुदूरपश्चिम प्रदेशस्थित सामाजिक विकास मन्त्रीको निजी निवासमा पनि क्षति भएको प्रहरीले जनाएको छ। यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय धनगढीमा पनि सामान्य क्षति पुर्‍याएको प्रहरी निरिक्षक डागीले बताए।