खोटाङका स्थानीय तहलाई कहाँ कति बजेट आयो ? (हेर्नुहोस् विवरणसहित)

प्रभाव न्यूज डटकम संवाददाता, खोटाङ – खोटाङका १० स्थानीय तहले आर्थिक वर्ष २०७६÷०७७ का लागि साँढे २ अर्बभन्दा बढि अनुदान प्राप्त गरेको छ । नेपाल सरकारले बुधबार सार्वजनिक गरेको बजेट भाषण अनुशार दुई नगरपालिका र आठ गाउँपालिकाले अनुमानित २ अर्ब ५६ करोड ५५ लाख केन्द्रीय अनुदान पाएको हो । सरकारको बजेट अनुशार सबैभन्दा बढि अनुदान दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र सबैभन्दा कम साकेला गाउँपालिकाले प्राप्त गरेको १ नम्बर प्रदेशकी सभाषद उषाकला राईले बताईन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वित्तीय समानीकरणतर्फ १४ करोड ५७ लाख र सशर्त अनुदानतर्फ ३२ करोड ५६ लाख, हलेसी तुवाचुङ नगरपालिकाले वित्तीय समानीकरणतर्फ १० करोड ७५ लाख र सशर्ततर्फ २४ करोड ९५ लाख, ऐसेलुखर्क गाउँपालिकाले वित्तीय समानीकरणतर्फ ७ करोड ५८ लाख र सशर्ततर्फ १५ करोड ४९ लाख, केपीलासगढी गाउँपालिकाले वित्तीय समानीकरणतर्फ ७ करोड ५५ लाख र सशर्ततर्फ १३ करोड १३ लाख, खोटेहाङ गाउँपालिकाले वित्तीय समानीकरणतर्फ ९ करोड २९ लाख र सशर्ततर्फ १७ करोड ९७ लाख अनुदान पाएको छ ।

यस्तै, जन्तेढुंगा गाउँपालिकाले वित्तीय समानीकरणतर्फ ७ करोड ४५ लाख र सशर्ततर्फ १४ करोड १७ लाख, दिप्रुङ चुईचुम्मा गाउँपालिकाले वित्तीय समानीकरणतर्फ ९ करोड २ लाख र सशर्ततर्फ १७ करोड ४३ लाख, रावाबेँसी गाउँपालिकाले वित्तीय समानीकरणतर्फ ७ करोड १५ लाख र सशर्ततर्फ १२ करोड ३० लाख, बराहपोखरी गाउँपालिकाले वित्तीय समानीकरणतर्फ ७ करोड ३३ लाख र सशर्ततर्फ १० करोड ८८ लाख तथा साकेला गाउँपालिकाले वित्तीय समानीकरणतर्फ ६ करोड ९० लाख र सशर्ततर्फ १० करोड ८ लाख अनुदान पाएको नेकपा नेतृ राईले बताईन् ।