अपडेट : खोटाङको पन्चमी बजारमा भर्खरै आगलागी, आगो नियन्त्रण बाहिर

फाईल तस्विर

खोटाङ – खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकास्थित पन्चमी बजारमा भर्खरै आगलागी भएको छ । सप्तेश्वर ५ को पन्चमी बजारका स्थानिय डम्बर खड्काको घरबाट लागेको आगो अहिले नियन्त्रण बाहिर रहेको गाउँपालिका प्रमुख भुपेन्द्र राइले जानकारी दिए । आगो नियन्त्रणका लागि प्रहरी चौकी छितापोखरीबाट प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक राजकुमार केसिले जानकारी दिए । घटनाको बिस्तृत विवरण आउन बाकी छ ।