कांग्रेस खोटाङले जेष्ठ आठ गतेबाट राष्ट्रिय जागरण अभियान सुरु गर्ने (कार्यक्रम तालिका सहित)

प्रभाव न्यूज डटकम संवाददाता, खोटाङ –  नेपाली कांग्रेस खोटाङले जेठ पहिलो साताबाट जागरण अभियान सुरु गर्ने भएको छ । नेपाल तरुण दलका पुर्ब अध्यक्ष तथा पुर्ब अर्थराज्य मन्त्री उदयशम्सेर राणाको प्रमुख आतिथ्यमा जागरण अभियान सुरु गर्ने भएको हो ।

कांग्रेसको हिमाल, पहाड, तराई, मधेस राष्ट्रिय जागरण अभियान अन्तर्गत खोटाङ कांग्रेसले जेष्ठ ८ गतेबाट क्षेत्र नम्बर (क) मा रहेका गाउँपालिकाहरुमा कार्यक्रमको आयोजना गरिएको क्षेत्र नम्बर (क) का क्षेत्रीय सभापति ईवन राईले जानकारी दिए ।

कांग्रेस क्षेत्र नम्बर (क)को आयोजनामा हुने उक्त कार्यक्रम केपिलासगढी गाउँपालिकाको बाक्सिला बजारमा जेष्ठ ८ गते रावावेसीं गाउँपालिकाको हरमटारमा जेष्ठ ९ गते ऐसेलुखर्क गाउँपालिकाको ऐसेलुखर्क बजारमा जेष्ठ ११ गते र हलेसी तुवाचुङ नगरपालिकाको हलेसी बजारमा जेष्ठ १२ गते कार्यक्रमको आयोजना गरिएको राईले बताए ।

हिमाल, पहाड, तराई, मधेस राष्ट्रिय जागरण अभियान अन्तर्गतको उक्त कार्यक्रममा कांग्रेस जिल्ला कार्य समितिका पदाधिकारी, महासमिति सदस्यहरु, महाधिबेशन प्रतिनिधिहरु, क्षेत्रिय समिति, नेविसंघ, तरुण दल, महिला संघ, किसान संघ, दलित संघ, भातृ तथा सुभेच्छुक संघसंस्थामा आवद्ध रहेका व्यक्ति तथा कांग्रेससंग नजिक रहेर काम गर्ने सवै व्यक्तिलाई उपस्थतिको लागि निमन्त्रणा गरिएको राईको भनाई छ ।

कांग्रेसले क्षेत्र नम्बर (ख) ले भने कार्यक्रम तय गरेको छैन् ।

कार्यक्रम तालिका : 

१, केपिलासगढी गाउँपालिका (बाक्सिला वजार)
मिति २०७६ जेष्ठ ८ गते बुधवार
समय ११.३०

२ , रावावेसीं गाउँपालिका (हरमटार )
मिति २०७६ जेष्ठ ९ गते
समय ११.३०

३ , ऐसलुखर्क गाउँपालिका (ऐसलुखर्क बजार )
मिती २०७६ जेष्ठ ११ गते शनिवार
समय ११. ३०

४ , हलेसी तुवाचुङ नगरपालिका (हलेसी बजार )
मिति २०७६ जेष्ठ १२ गते
समय ११ . ३०