बुधबार, भदौ ४, २०७६
Wednesday, Aug 21, 2019
Prabhav News

बौकाबौकी खोलामा डुबेर १ जनाको मृत्यु

  • प्रभाब न्युज
  • प्रदेश १
  • प्रकाशित मिति : सोमवार, जेष्ठ ६, २०७६


बौकाबौकी खोलामा डुबेर १ जनाको मृत्यु

सुनसरी – सुनसरीको ईटहरी उप-महानगरपालिका-२ मा रहेको बौकाबौकी खोलामा डुबेर १ जनाको मृत्यु भएको छ । आईतवार राती ८ बजेको समयमा स्थानीय ४९ बर्षीय ध्रुब बि.क. उक्त खोलामा गई घुंगी मार्ने क्रममा पानीमा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

घटनास्थलमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट प्रहरी टोली खटी गई कानूनी प्रकृया पूरा गरी शव पोष्टमार्टमको लागि बि.पी.कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : सोमवार, जेष्ठ ६, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology