मङ्लबार, साउन ७, २०७६
Tuesday, Jul 23, 2019
Prabhav News

निःशुल्क स्वास्थ्य शिबिरमा दुई सयभन्दा बढी सर्वसाधारणले लिए सेवा



निःशुल्क स्वास्थ्य शिबिरमा दुई सयभन्दा बढी सर्वसाधारणले लिए सेवा जालपामा आयोजित स्वास्थ्य शिबिरमा उपचारका लागि पिठ्यूँमा बिरामी बोकेर आएका स्थानीय ।

प्रभाव न्यूज डटकम संवाददाता, खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिबिरमा दुई सयभन्दा बढि सर्वसाधारणले सेवा पाएका छन् । वडा कार्यालय र नगरपालिकाको सहयोगमा जनसेवा सामुदायीक अस्पतालले शुक्रबार आयोजना गरेको एक दिने स्वास्थ्य शिबिरमा २२१ सर्वसाधारणले सेवा पाएका हुन् ।

शिबिरमा ७० जनाको आँखा जाँच, १४ जनाको दाँत निकालिएको, २८ जनाको ल्याव चेकअप, १४ जनाको भिडियो एक्स–रे, १७ जनाको एक्स–रे, ६ जनालाई वाफ दिइएको, एक जनाको स्यूचर गरिएको जनसेवा सामुदायीक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ध्रुब श्रेष्ठले बताए ।

७० वर्षमाथिका ज्येष्ठ नागरिक, महिला, बालबालिका र अपांगता भएका नागरिकलाई लक्ष्यीत गरेर निशुल्क स्वास्थ्य शिबिरको आयोजना गरिएको जनसेवा सामुदायीक अस्पतालले जनाएको छ । शिबिरमा जालपा र खार्मी लगायतका सर्वसाधारण उपचारका लागि आएका थिए । शिबिरका लागि नगरपालिकाले औषधि सहयोग गरेको वडाध्यक्ष विकास राईले बताए ।

प्रकाशित मिति : शनिबार, जेष्ठ ४, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology