मङ्लबार, साउन ७, २०७६
Tuesday, Jul 23, 2019
Prabhav News

सगरमाथाको चौथो शिविरमा एक भारतीय नागरिकको ज्यान मृत्यु



सगरमाथाको चौथो शिविरमा एक भारतीय नागरिकको ज्यान मृत्यु

सोलुखुम्बु – सगरमाथाको चौथो शिविरमा एक जनाको ज्यान गएको छ । बिहीबार सगरमाथा आरोहण गरेर फर्किएका भारतीय नागरिक रवि ठाकुरको बिहीबार राति सुतेकै ठाउँमा ज्यान गएको आधार शिविर सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । आठ हजार मिटर उचाइमा रहेको चौथो शिविरमा अक्सिजन अभावले ज्यान गएको हुन सक्ने उहाँले बताउनुभयो । यस्तै संखुवासभाको मकालु हिमाल आरोहण सकेर फर्कदै गरेका अर्का भारतीय नागरिक नारायण सिंहको ज्यान गएको छ भने अर्का भारतीय नागरिक दीपशंकर घोष हराइरहेका छन् । रवि र नारायण भारतीय सैनिक रहेको बताइएको छ । उनीहरु सबै सेभेन समिट ट्रेक्स कम्पनीमार्फत आरोहणमा गएका थिए । 

प्रकाशित मिति : शुक्रबार, जेष्ठ ३, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology