मङ्लबार, साउन ७, २०७६
Tuesday, Jul 23, 2019
Prabhav News

नगरको गौरवको योजना अन्तर्गत मंगलटार उज्यालो वडा घोषणा, बिजुली बलेसँगै स्थानीय हर्षित



नगरको गौरवको योजना अन्तर्गत मंगलटार उज्यालो वडा घोषणा, बिजुली बलेसँगै स्थानीय हर्षित

प्रभाव न्यूज डटकम संवाददाता, खोटाङ –  खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारलाई उज्यालो वडा घोषणा गरिएको छ । नगरपालिकाको गौरवको आयोजना अन्तर्गत मंगलटार वडाभरी केन्द्रीय प्रसारण लाईनको विधुत बिस्तार भएपछि उज्यालो वडा घोषणा गरिएको हो । वर्षौदेखी अध्याँरोमा बसेका स्थानीयहरु बिजुली बलेसँगै हर्षित भएका छन् ।

नगरपालिकाको १ करोड ९० लाख लागत र नेपाल विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रको प्राविधिक सहयोगमा बिस्तार गरिएको विधुतको बिहीबार एक कार्यक्रमगरी नगर प्रमुख इवन राई र उपप्रमुख विमला राईले एकसाथ बिजुली बत्तीको स्वीच थिचेर उज्यालो वडा घोषणा गरेका हुन् ।

अधिकास घरधुरीमा विधुत पुगे पनि केही घरहरुमा प्राविधिक कारण बिजुली बल्न बाँकी छ । बिजुली बलेपछि कम्प्युटर, इमेल, ईन्टरनेट चलाउन, टेलिभिजन हेर्न, मोवाईल चार्ज गर्न, कुटानी पिसानी गर्नलाई सहज भएको छ ।

खरिद गरिएको विधुतीय सामग्रीले मंगलटारमा बिधुत विस्तार सकिएपछि बचेको ५० लाख बराबरको बाँकी विधुतीय सामग्री बाहुनीडाँडा, बडहरे, धितुङ र सल्लेलाई वितरण गरिएको नगरपालिकाले जनाएको छ । यहि आर्थिक वर्षमा बडहरेमा विधुत बिस्तार गरी सकिने नगरको लक्ष्य रहेको छ ।

बिजुली बिस्तार गर्न बाँकी डिकुवा, बाहुनीडाँडा च्यास्मिटारमा डिपिआरको रिपोर्ट अनुसार आउने आर्थिक वर्षमा योजना लगाएर आउने आर्थिक वर्षमै योजना सम्पन्न गर्ने तयारीमा नगरपालिका तीव्र रुपमा लागि परेको छ ।

नगरपालिकाको कतिपय बाँकी रहेका वडाहरुमा छिट्फुट रुपमा विधुत विस्तार गर्न बाँकी रहेकाले केही वडामा यहि वर्ष र आउने आर्थिक वर्षसम्ममा सवैमा काम सम्पन्न गर्नेगरी प्राधिकरणको सहयोग लिएर काम भइरहेको नगर प्रमुख राईले बताए ।

प्रकाशित मिति : शुक्रबार, जेष्ठ ३, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology