मङ्लबार, साउन ७, २०७६
Tuesday, Jul 23, 2019
Prabhav News

दिक्तेल विद्युत वितरण केन्दका सेवाग्राहीले अव घरमै बसेर महशुल बुझाउँन सकिने



दिक्तेल विद्युत वितरण केन्दका सेवाग्राहीले अव घरमै बसेर महशुल बुझाउँन सकिने

प्रभाव न्यूज डटकम संवाददाता, खोटाङ –  नेपाल विधुत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय दिक्तेल वितरण केन्द्रले अनलाईनबाट विधुत महशुल बुझाउने व्यवस्था मिलाएको छ । एक दिनको बाटो धाएर सदरमुकाम दिक्तेल आई विधुत महशुल बुझाउने ग्राहकहरुको समस्यालाई मध्यनजर गरेर प्राधिकरणले अनलाईन प्रविधिबाट घरैमा बसेर महशुल बुझाउन सकिने व्यवस्था गरेको हो ।

वर्षौदेखी विधुत महशुल बुझाउन झन्झटिलो र खर्चिलो भएको व्यापक जनगुनासो आएसँगै हलेसी र खोटाङबजारमा महशुल बुझाउने मोवाइल काउण्टर सञ्चालन गरेर महुशल बुझिरहेको प्राधिकरणले बुधबारदेखी अनलाईनबाट विधुत महशुल तिर्न सकिने व्यवस्था मिलाएको कार्यालय प्रमुख राम दिनेश राय यादवले बताए । अनलाईनबाट विधुत महशुल तिर्ने व्यवस्थाले ग्राहकको समय र पैसाको सदुपयोग हुनेछ । अनलाईन महशुल भुक्तानीसँगै विदेशबाट पनि विधुतको महशुल तिर्न र हेर्न सकिने कार्यालय प्रमुख यादवले बताए ।

ई–सेवा, नेपाल इन्भेष्टमेण्ट बैक, हिमालयन बैंक, प्रभु बैंक, महालक्ष्मी विकास बैंक, पे–प्वाइन्ट, सिटी एक्सप्रेस र सिएफएस रेमिटको वेभसाईट तथा मोवाइल एप मार्फत विधुत महशुल तिर्न प्राधिकरणले जनाएको छ । सुरुवातमा ग्राहकलाई प्रविधि सम्बन्धि ज्ञान नहुने भएकाले ग्राहकका लागि कार्यालयको महशुल काउण्टरमा अनलाईनबाट महशुल भुक्तानी गर्ने जानकारी लेखिएको (फ्लेक्स प्रिन्ट)होर्डिङ बोर्ड राखिएको छ ।

प्रकाशित मिति : बिहिबार, जेष्ठ २, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology