झापाको माइ पुलमा टाइम बम फेला, सवारी आवागमन ठप्प

सांकेतीक तस्विर

झापा – झापाको कनकाई नगरपालिकाको माइ पुलमा शंकास्पद बस्तु फेला परेको छ। राजमार्गको बीच पुलमै आइतबार बिहान शंकास्पद बस्तु फेला परेपछि उक्त राजमार्ग भएर चल्ने सवारी आवागमन ठप्प भएको छ।

बिहान साढे ६ बजेदेखि राजमार्ग अवरुद्ध हुँदा यात्रुहरु अलपत्र परेका छन्। उक्त बस्तु बम हुनसक्ने आशंका गरिएको छ। शंकास्पद बस्तु बम हो वा होइन भन्ने यकिन भने भएको छैन।

इलाका प्रहरी कार्यालय बिर्तामोडमा डिएसपी सुवाश खड्काले घटनास्थलमा सेनाको बम डिस्पोजल टोली आइपुगेको जानकारी दिए। उनले भने, ‘उक्त बस्तु बम नै हो होइन त्यो यकिन भएको छैन। चाडै नै पत्ता लगाएर राजमार्गमा यातायात सुचारु गछौं।’

प्रहरी स्रोतकाअनुसार पुलमा राखिएको वस्तु टाइम बम हो। बम राखिएको ठाउँ नजिकै गोर्खा जनमुक्ति मोर्चा लेखिएको पर्चा फेला परेको छ।