बुधबार, भदौ ४, २०७६
Wednesday, Aug 21, 2019
Prabhav News

ढुंगाले लाग्दा किशोरको ज्यान गयो



ढुंगाले लाग्दा किशोरको ज्यान गयो

खोटाङ – माथिबाट झरेको ढुंगाले लाग्दा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका २३ वर्षीय शंकर कार्कीको ज्यान गएको छ । स्थानीय कुलो निर्माणका लागि गिटी कुटिरहेका समयमा माथिबाट खसेको ढुंगाले लागेर गम्भीर घाईते भएका कार्कीको उपचारका लागि धरान लैजानेक्रममा बाटैमा ज्यान गएको हो ।

ढुंगाले हिर्काएपछि गम्भीर घाईते भएका कार्कीको स्वास्थ्यचौकी बुईपामा सामान्य उपचारपछि विपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लैजानेक्रममा राजापानीको रेग्मीटारमा पुगेपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक केशवकुमार कट्वालले बताउनुभयो । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : शनिबार, बैशाख २८, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology