बुधबार, भदौ ४, २०७६
Wednesday, Aug 21, 2019
Prabhav News

आगलागी पीडित परिवारलाई ऐंसेलुखर्क गाउँपालिकाद्धारा राहत प्रदान



आगलागी पीडित परिवारलाई ऐंसेलुखर्क गाउँपालिकाद्धारा राहत प्रदान

प्रभाव न्यूज डटकम संवाददाता, खोटाङ – आगलागी पीडित परिवारलाई गाउँपालिकाले राहत प्रदान गरेको छ । ऐंसेलुखर्क गाउँपालिका–३ ऐंसेलुखर्कका अग्नी पीडित टेक बहादुर बिकको परिवारलाई गाउँपालिकाले आर्थिक र खाद्यन्न सहयोग गरेका हुन् ।

वस्दै आएको घरमा आगलागी भएपछि विचल्लीमा परेका बिक परिवारलाई बिहीबार गाउँपालिकाको तर्फबाट २० हजार नगद, ६० केजी चामल, नुन, तेल सहित पाल, कम्मल, भाडाँकुडाँ प्रदान गरिएको गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले जानकारी दिनुभयो ।

गत मंगलबार राती अचानक घरमा लागेको आगोबाट सर्वस्व गुमाएका पीडित परिवारलाई गाउँपालिकाको सहयोगले थोरै मात्रामा भए पनि जीविकोपार्जन गर्न सहयोग पुग्ने अध्यक्ष निरौलाले बताए । अग्नी पीडित परिवार ससुराको घरमा ओत लागेर बसेका छन् ।

प्रकाशित मिति : शुक्रबार, बैशाख २७, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology