मङ्लबार, साउन ७, २०७६
Tuesday, Jul 23, 2019
Prabhav News

दुरसंचार कार्यालय खोटाङको कामप्रती नेबिसंघको ध्यानाकर्षण



दुरसंचार कार्यालय खोटाङको कामप्रती नेबिसंघको ध्यानाकर्षण
खोटाङ – खोटाङमा नमस्ते टेलिफोनमा आईरहेको समस्यालाई लिएर नेपाल विधार्थी संघ जिल्ला कार्य समिति खोटाङले दुर सञ्चार कार्यालय दिक्तेलको ध्यानाकर्षण गराएको छ । पछिल्लो समयमा टेलिफोनको गुणस्तर बिग्रिएर सेवाग्राहीले समस्या झेल्नुपरेको भन्दै नेविसंघले त्यस समस्याको वारेमा कार्यालयको गम्भीर ध्यानाकर्षण गराएको हो । पछिल्लो समय नमस्ते टेलिफोनमा बग्रेल्ती समस्याहरु आईरहेको छ ।
नेविसंघ खोटाङका सभापति राजकुमार वस्नेतको नेतृत्वमा गएको डेलिगेशन टोलीले नमस्ते टेलिफोनले राम्रो र भरपर्दो सुविधा नदिंदा त्यसका हजारौं ग्राहकहरुले शास्ती खेप्नु परिरहेको समस्या राखेका छन् । कार्यालय समयमा कार्यालय खाली भेटिने, कर्मचारी नहुने, कर्मचारी विदामा घर गएका जस्ता कुराहरु दोहोरिने समस्यालाई तत्काल समाधान गर्न कार्यालय प्रमुख ज्योती नारायण चौधरीलाई ध्यानाकर्षण तथा दबाब दिइएको सभापति वस्नेतले बताए ।
निरन्तर विद्युतको पहुँच हुंदा तथा घाम निरन्तर लागिरहंदा र प्राबिधिक समस्या सामान्य हुंदा पनि टेलिफोन सेवा चुस्त नहुनू दुखद र शंकाको कुरो भएको सभापति बस्नेतले बताए । सरकारले सञ्चारमा कर थोपरेर पिडित भईरहेका नागरिकहरुलाई त्यसैमाथी टेलिकम खोटाङले नागरिकहरुको आधारभूत आवश्यकता माथी खेलबाड गरि झनै शास्ती दिएको अध्यक्ष बस्नेतको भनाई छ ।
बढिमा पाँच दिनसम्म उक्त समस्या समाधान नभए थप कार्यक्रम तय गरि टेलिफोन सेवालाई चुस्त बनाउन बाध्य पारिने नेविसंघले जनाएको छ । नमस्ते फोनमा बिहान दैनिक नेटवर्क नहुने, दिउँसो घण्टौसम्म नेटवर्क नआउने, फोन नलाग्ने, बोल्दा बोल्दै फोन काटिने, बोलेको नबुझिने समस्या छ । यसवारेमा कार्यालय प्रमुखसँग फोनबाट सम्पर्क गर्न खोजे पनि उनको फोन उठेन ।

प्रकाशित मिति : मङ्लबार, बैशाख २४, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology