बुधबार, अशोज १, २०७६
Prabhav News

कबिता : प्रिय अतिक्रमण



कबिता : प्रिय अतिक्रमण

अतिक्रमण गर्नु मेरो मुटु
तिम्रै नाममा पास गराउनु
कित्ताकित्ता काटेर
बालुवाटार झै ।
मोहियानी हक तिम्रै लाग्छ
मैले थाहा पाएदेखि र अहिलेसम्म
मुटुभित्र बस्ने तिमी छौ ।
हेर त बालुवाटारका मोहिहरुलाई
भागिरथ कसरत गरेर
भएका मिहिनेति खेतीवालहरु ।
कानुन कहन्छ ( जोत्नेको बारी
छातीमा कलैकाही बेस्सरी चस्का लाग्थ्यो
भर्खरै त थाहा पाउदैछु
मुटु जोतेर चिराचिरा पारेको रहेछौ
तिम्ले खन्दै डल्ला फुटाल्दा
मुटु निस्केर भाग्ला झै भा थियो
चासभोग गर्दै वर्षौदेखि
जिबित राख्ने यो मुटुलाई
तिमी त हौ नि ।
यो मुटुको दर्द जस्तै
टुक्रउँदा दुख्यो दुखेन रु
बालुवाटारलाई ।
उ भाग्न खोज्यो खोजेन रु
वर्षौवर्ष बलात्कृत भइरहँदा ।
चित्कार पुग्यो कहाँसम्म रु
लुटिदालुटिदा थकित
बालुवाटार झै
नबनाउनु यो मुटुलाई ।
मेरो सरकार तिमी नै
माफियाहरु आउन अगावै
लुटिन नदिई अरुबाट
तिम्रै नाममा पास गराउनु ।
सयाँबाट अतिक्रमित
धेरैले चलखेल गरेको
फर्जी र झुठा निर्णयहरुले
जेलिएर फुस्काउनै कठिन
कठै १ बालुवाटार ।
ऊ जस्तै नबनाउनु ।
म उजुरबाजुर केहि गर्दिन
झुपडि र टहरो होइन
सटर बनाउनु खुल्लामञ्च झै
मायैमायाले भरिभराउ दुकान राख्नु
भाडामा लगाउनु २्४ सटरहरु
अरुलाई नि सिकाउनु
कसरी बनाइन्छ सटरहरु
मुटुभित्र खुल्लामञ्चमा जस्तै ।
चलाइने छैन डोजर
भत्काइने छैन सटर
ढुक्क हुनु तर,
राख्न पाउदैनौ बिचौलिया ।
खुल्ला नि नराख्नु मलाई
तिमी पटक्कै नमान्नु
खुल्ला गर्न दिलको ढोका
छाडा भैसके मान्छेहरु
खुल्लामञ्चकै स्वतन्त्रताले
हजार माहाराजाहरु जन्मेका छन ।
सटरैसटरले बन्द गरिदेउ बरु ।
हेर त लथालिङ्गः
खुल्लामञ्च जस्तै मुटुहरु
विकृत फैलाउदै दौडिरहेका
नारा जुलुस गर्दै ।
मायाको किस्मती रद्दीमा फालेर
निकम्मा पारिन्छ विश्वास अचेल ।
मिथ्या भएको छ साँचो प्रेम
कौडीमा बेचिन्छन प्यारहरु ।
मनलाग्दि हडप्न खोजीन्छ
बालुवाटार जस्तै मुटुहरु ।
असह्य पिडा छ
आफ्नै मुटुका कोठरी पनि
बेचिन्छन बिचौलियाबाट
खुल्लामञ्च जसरी ।
बरु प्रिय१ सल्लाह गरौँ
आउ कित्ता कित्ता गर
सटरैसटर बनाऊ
गरीदेउ ( प्रिय अतिक्रमण ।

निरब राई
दिप्रुङ चुइचुम्मा – ३, याङसोला खोटाङ

प्रकाशित मिति : बुधबार, बैशाख १८, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology