चेन्नई सुपर किंग्सविरुद्धको खेलमा सन्दीप दिल्लीकाे प्लेइङ ११ मा

आईपीएल क्रिकेटमा चेन्नई सुपर किंग्सविरुद्धको खेलमा दिल्लीकाे प्लेइङ ११ मा नेपाली युवा खेलाडी सन्दीप लामिछाने पनि परेका छन् ।

दिल्लीबाट खेलिरहेका सन्दीप पछिल्लो खेलमा विकेटविहीन भएका थिए । आजको खेलमा सन्दीपको टिम दिल्ली क्यापिटल्सले टस जितेर पहिला बलिङ रोजेको छ ।

चेन्नई र दिल्लीको समान १६ अंक रहे पनि नेट रन रेटका आधारमा दिल्ली शीर्ष तथा चेन्नई दोस्रो स्थानमा रहेको छ ।