गत आर्थिक वर्षको बजेट गाउँपालिकामा बचत भएपछि पूनः विनीयोजन (विवरण सहित)

खोटाङ – खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले गत आर्थिक वर्ष २०७४/०७५ को यथार्थ खर्च विवरण प्राप्त भएपछि गाउँपालिका कार्यापालिकाको कार्यालयमा बचत हुन आएको रकम विनीयोजन गरेको छ ।

गाउँपालिकाबाट संचालनमा रहेका विभिन्न योजना आयोजना तथा विभिन्न शिर्षकमा छुट्याईएको बजेट कार्यापालिकामा बचत भएपछि उक्त बजेट विनियोजन गर्नेक्रममा वडा गतरुपमा योजनाको उपभोक्ता समिति बनाई खर्च गर्ने गरि विनीयोजन गरिएको गाउँपालिका प्रमुख भूपेन्द्र राईले जानकारी दिए ।

गाउँपालिकाको कार्यालय तथा वडा कार्यालयबाट विभिन्न कार्यका लागि लगिएको बजेट उभ्रिएको तथा कतिपय योजनाको काम पूरा गर्न नसक्ने उपभोक्ता समितिलाई कारवाही गरि फिर्ता ल्याईएको बजेट पून योजना छनौट गरि बचत हुन आएको २ करोड ६९ लाख २७ हजार ३९ रुपैया बजेट विनीयोजन गरिएको बताईएको छ ।

हेर्नुहोस कहाँ कति छुट्ईियो बजेट :