सोमवार, साउन ६, २०७६
Monday, Jul 22, 2019
Prabhav News

शैक्षिक पत्रकारिता पुरस्कारबाट शेर्पा पुरस्कृत



शैक्षिक पत्रकारिता पुरस्कारबाट शेर्पा पुरस्कृत

खोटाङ – वडा शिक्षा समिति लफ्याङले शैक्षिक पत्रकारिता पुरस्कारबाट जिल्लामा क्रियाशिल एकजना पत्रकारलाई पुरस्कृत गरेको छ । वार्षिक शैक्षिक कार्यक्रमको समापनमा पत्रकार चिसाङ शेर्पालाई पुरस्कृत गरेको हो ।

वडा शिक्षा समितिले माटो सुहाउदो गुणस्तरीय शिक्षा प्रदान गर्न राखेको शैक्षिक उद्देश्य पूरा गर्न पत्रकारिताको माध्यमबाट उक्त वडाको शैक्षिक गतिविधिलाई सफल पार्न महत्वपुर्ण योगदान पु¥याएको भन्दै पत्रकार शेर्पालाई सम्मान गरिएको वडा शिक्षा समिति सदस्य तथा श्रीमावि बाँसवोटे माविका प्रधानाध्यापक जसराज किरातीले बताए ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित शारदा प्राविको प्राङ्गणमा भएको कार्यक्रममा पत्रकार शेर्पालाई दोसल्ला ओढाएर नगद ५ हजारका साथमा प्रशंसा-पत्र प्रदान गरिएको छ । समायोजन खबर डटकमका सञ्चालक/सम्पादक रहेका शेर्पा हिमालय टाइम्स दैनिक, साझा सवालमा आवद्ध छन् । पत्रकार शेर्पालाई प्रतिनिधिसभाकी सदस्य हिरा गुरुङ, वडा शिक्षा समिति संयोजक तथा वडाध्यक्ष निर्मल राईले लगायतले पुरस्कार हस्तान्तरण गरेका थिए ।

हिजो मात्रै बाक्सिला फुटबल क्लवले प्रदान गरेको ‘खेलकुद पत्रकारिता पुरस्कार’बाट पुरस्कृत भएका पत्रकार शेर्पा विगत २०६५ सालदेखी पत्रकारिता क्षेत्रमा क्रियाशिल छन् । उनी नेपाल पत्रकार महासंघ शाखा खोटाङका सह–सचिव तथा नेपाल प्रेस युनियन जिल्ला शाखा खोटाङका सचिव हुन् ।

प्रकाशित मिति : बिहिबार, चैत्र २८, २०७५

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology