मङ्लबार, साउन ७, २०७६
Tuesday, Jul 23, 2019
Prabhav News

खोटाङमा विप्लव समूहका दुई कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा



खोटाङमा विप्लव समूहका दुई कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा

प्रभाव न्यूज डटकम संवाददाता , खोटाङ – नेपाल कम्यूनिष्ट पार्टी नेत्रविक्रम चन्द विप्लव समूहलाई सरकारले प्रतिबन्ध लगाएपछि खोटाङमा दुई कार्यकर्ताले पार्टी परित्यागको घोषणा गरेका छन् । विप्लव समूह सशस्त्ररुपमा बिधंसत्मक गतिविधिमा लागेको भन्दै रावावेंसी गाउँपालिका वडा नम्बर-४ डुम्रेधारापानीका तुल बहादुर मगर र सोही ठाउँका ऋषीराम बिकले बुधबार पार्टी परित्यागको घोषणा गरेका हुन् ।

मुलुकमा सशस्त्र द्धन्द सृजना गर्दै (विप्लव समूह) बिधंसत्मक गतिविधिमा लागेको र कानुनले बर्जित काम कार्य गरेकोले उक्त पार्टी र संगठनको साधारण सदस्य रहन उचित नलागेको भन्दै उनीहरुले बुधबार प्रेस बिज्ञप्ती जारी गरेर पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

विप्लव समूहको साधरण सदस्य परित्याग गरेको जिल्लास्थित प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यायलाई जानकारी गराउँदै आजैका मितिदेखी साधारण जीवन यापन गर्ने व्यहोरा जानकारी गराउँछौ, उनीहरुद्धारा जारी प्रेस बिज्ञप्तीमा लेखिएको छ ।

जिल्लामा विप्लव समूहको खासै प्रभाव नदेखीएको वेला उनीहरुले जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुसंग हिंसात्मक गतिविधिमा नलाग्ने र साधरण जीवनयापन गर्ने प्रतिवद्धता जनाएका छन् ।

प्रकाशित मिति : बुधबार, चैत्र २७, २०७५

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology