मात्तिममा सार्वजनिक सुनुवाई कार्यक्रम (दश तस्विर सहित)

प्रभाव न्यूज डटकम संवाददाता, खोटाङ – साकेला गाउँपालिकाको मात्तिममा सार्वजनिक सुनुवाई कार्यक्रम भएको छ । गाउँपालिकाको वडा नम्बर–४ को वडा कार्यालय मात्तिमले आर्थिक वर्ष २०७४/०७५ को कार्य प्रगतिसहितको सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो । वडामा आयोजित कार्यक्रममा गाउँपालिका कार्यापालिकाको कार्यालयले प्रथम र दोस्रो चौमासिकको कार्य प्रगति प्रस्तुत गरेको छ ।

गाउँपालिकालाई समृद्ध बनाउँनका लागि भईरहेका विकास निर्माणका कार्य र विभिन्न कारणले गर्न नसकिएका कार्यहरुको विवरण प्रस्तुत गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रविन मगरले गाउँपालिकाकाले हालसम्म गरेका प्रगतिको को प्रतिवेवदन प्रस्तुत गर्नुभएको छ भने गाउँपालिकामा रहेको बजेट, खर्च भएको बजेट समेत सार्वजनिक सुनुवाईमा प्रस्तुत गर्नुभएको छ ।

वडा नम्बर–४ मात्तिमका वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले वडा कार्यालयको भवन निर्माणको कार्य भईरहेको, वडा कार्यालयभीत्रका टोलबस्तीलाई समेट्ने गरि सडक निर्माण गरेर चक्रपथको रुपमा विकास गरेको, वडाका सवै विद्यालयहरुमा वालमैत्री कक्षा सुचारु गराईएको, स्वाथ्य चौकीको व्यवस्थावन गरेको लगायतका प्रगतिका कार्य गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा बताउँनुभएको छ ।

गाउँपालिकाकी उपाध्यक्ष सरिता खड्काले विकास निर्माणका कार्यमा सवै क्षेत्र र भेगलाई समेटने गरि कार्य गरिहेको बताउँनुभएको छ । उहाँले उपाध्यक्षसमक्ष गाउँपालिकावासीहरुबाट गत वर्ष १८ वटा र यस वर्ष ९ वटा उजुरी आएको र ति उजुरीमाथी कारवाही गरिएको बताउँनुभयो ।

गाउँपालिका अध्यक्ष अर्जुनकुमार खड्काले समन्वयमा आधारित विकासका कार्य गरिएको, कृषि, पर्यटन, उद्यमशिलतालगायतका आर्थिक विकासलगायतका अन्य थुपै काम गरिएको बताउँनुभयो ।

वडा कार्यालयमा आयोजित कार्यक्रममा झण्डै २ सयको हाराहारीमा स्थानीय उपस्थित रहेका थिए । स्थानीयले गाउँपालिका समृद्ध बनाउँने विषयमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षलाई सुझावसहितको प्रश्नले वर्षा गरेका थिए । नागरिकहरुको प्रश्नको उत्तर अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षहरुले दिएका थिए ।

नागरिकलाई आफ्नो अभिमत प्रस्तुत गर्न पनि लगाईएको थियो । पाँच वडा रहेको गाउँपालिकाले यसअघि वडा नम्बर –१ को बाँझच्यानडाँडा, वडा नम्बर–२ को रतन्छा, वडा नम्बर–को खिदिमामा सार्वजनिक सुनुवाई गरिसकेको छ ।

तस्विरमा हेर्नुहोस सार्वजनिक सुनुवाई कार्यक्रम

साकेला गाउँपालिकाको मात्तिममा सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थित भएका सहभागी । सवै तस्विर : उत्तम चौलागाँई/प्रभाव न्यूज