मङ्लबार, साउन ७, २०७६
Tuesday, Jul 23, 2019
Prabhav News

एक दिने स्वास्थ्य शिबिर सञ्चालन



एक दिने स्वास्थ्य शिबिर सञ्चालन

प्रभाव न्यूज डटकम संवाददाता, खोटाङ – सहकारी दिवसको अवशरमा खोटाङमा एक दिने स्वास्थ्य शिबिर सञ्चालन गरिएको छ । ६२ औं राष्ट्रिय सहकारी दिवसको अवशरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासँगको सहकार्यमा खोटाङ हलेसी सामुदायिक अस्पतालले मंगलबार स्वास्थ्य शिबिर सञ्चालन गरेको हो ।

शिबिरमा ४७२ सर्वसाधारणको स्वास्थ्य जाँचका साथै उपचार सेवा प्रदान गरिएको खोटाङ हलेसी सामुदायीक अस्पतालका मेनेजिङ डाइरेक्टर अर्जुन चौंलागाईले बताए । गाईघाट सिभिल हस्पिटल एण्ड ट्रमा सेन्टरको विशेषज्ञ तथा प्राविधिक सहयोगमा खोटाङ हलेसी सामुदायीक अस्पतालले एक दिने स्वास्थ्य शिबिर सञ्चालन गरेको हो ।

शिबिरमा गाईघाट सिभिल हस्पिटल एण्ड ट्रमा सेन्टरका हाडजोर्नी, नशा तथा बाथरोग बिशेषज्ञ डा. सञ्जयकुमार शाह, स्त्रीरोग तथा प्रसुती रोग बिशेषज्ञ डा. एमडि अजिज र जनरल फिजिसियन डा. अशोक तिवारीले स्वास्थ्य सेवा प्रदान गरेका छन् ।

जिल्लामै बिशेषज्ञ स्वास्थ्य सेवा उपलव्ध गराउनका लागि शिबिर आयोजना गरिएको अस्पताल सञ्चालक समितिका अध्यक्ष जयन्ती राईले बताईन् । स्वास्थ्य शिबिर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले उद्घाटन गरेका थिए ।

प्रकाशित मिति : मङ्लबार, चैत्र १९, २०७५

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology