बिहिबार, अशोज २, २०७६
Prabhav News

प्रधानाध्यापकहरुका लागि दुई दिने तालिम



प्रधानाध्यापकहरुका लागि दुई दिने तालिम

प्रभाव न्यूज डटकम संवाददाता, खोटाङ – दिप्रुङ चुईचुम्मा गाउँपालिका कार्यापालिकाको कार्यालयले पालिकाभीत्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुका लागि दुई दिने तालिमको आयोजना गरिएकोे छ ।

शैक्षिक गुणस्तर अभिबृद्धिका लागि सामुदायिक विद्धालयका प्रधानाध्यापकहरुलाई अभिमुखीकरण तालिमको आयोजना गरिएकोे हो ।
मंगलबारदेखी गाउँपालिकाको भवन याङसोलाटारमा सुरुवात भएको तालिममा ४९ वटा सामुदायिक विद्धालयका ४९ जना प्रअ अन्य तीन जना सहायक प्रअ सहित ५२ जना शिक्षकहरु तालिममा सहभागी भएका छन् । सहभागी प्रअहरुलाई शिक्षण प्रक्रियाका सिकाइ, पढाई र लेखाईका वारेमा रचनात्मक तथा सिर्जनात्मक विधिहरु सैदान्तिक र प्रयोगात्मक रुपमा सिकाइएको गाउँपालिकाका शिक्षा संयोजक तुलसी कुमार खड्काले जानकारी दिए ।

तालिमका सहभागी प्रअहरुलाई सेन्टजेभिर्यस स्कुल जावलाखेलका प्रधानाध्यापक फादर जर्ज, रानी झा र बुद्धि गौतमले प्रशिक्षण दिनुभएको छ । प्रअहरुका लागि तालिम एकदम फलदायि भएको महेन्द्रोदय मावि ओख्रेका प्रअ केशब कुमार खड्काले बताए । गाउँपालिकाको शिक्षालाई अझ माथि उकास्न ‘शैक्षिक गुणस्तर अभिबृद्धि’ तालिमको आयोजना गरिएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए । तालिम भोली बुधबार समापन हुनेछ ।

शिक्षालाई अझै माथि उकास्नकै लागि सोही गाउँपालिकाले स्थानीय तहको हकमा पहिलो पटक गत चैत्र १० गतेदेखी चैत्र १८ गतेसम्म पालिका स्तरीय कक्षा ८ को परिक्षा एसईई मोडलमा सञ्चालन गरेको थियो । परिक्षामा आधारभुत र माविगरी १९ वटा विद्धालयका ४ सय ७२ विधार्थी सहभागी भएका थिए

प्रकाशित मिति : मङ्लबार, चैत्र १९, २०७५

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology