पौडी खेल्नेक्रममा दूधकोसी नदीले बगाएर बेपत्ता यूवाको मृत्यु

सांकेतक तस्विर

प्रभाव न्यूज डटकम संवाददाता, खोटाङ – दूधकोसी नदीले बगाएर एक यूवाको मृत्यु भएको छ । खोटाङको ऐसेलुखर्क गाउँपालिका डेम्लिट नजिकैबाट दुधकोशी नदीले बगाएर एक यूवाको मृत्यु भएको हो ।

सोमबार दिउँसो पौडी खेल्नेक्रममा नदीले बगाएर बेपत्ता भएका थुलुङ दूधकोसी गाउँपालिका–४ बस्ने २५ वर्षीय भरत चर्मकारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक राजकुमार केसीले जानकारी दिए ।

बेपत्ता भएका चर्मकारलाई खोजीकार्य गर्नेक्रममा थुलुङ दूधकोसी गाउँपालिकास्थित दुधकोशी नदीको मैंयुम भन्ने ठाउँमा मृत अवस्थामा मंगलबार दिउँसो फेला पारिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरिक्षक शालिकराम पौडेलले जानकारी दिए ।

चर्मकारको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लु सोलुखुम्बु ल्याईएको पौडेलको भनाई छ ।