सोमवार, साउन ६, २०७६
Monday, Jul 22, 2019
Prabhav News

बिजुलीको पोलबाट लडेर एकजनाकाे मृत्यु

  • प्रभाब न्युज
  • प्रदेश १
  • प्रकाशित मिति : मङ्लबार, चैत्र १९, २०७५


बिजुलीको पोलबाट लडेर एकजनाकाे मृत्यु

भोजपुर – भोजपुरको ट्याम्के मयुम गाउँपालिका-५ खावा रेम्बो भन्ने स्थानमा सोमवार बिजुलीको पोलबाट लडेर १ जनाको मृत्यु भएको छ । दिउँसो ३ बजे बिजुलीको पोलमा चढेर लाईन मर्मत गर्ने क्रममा पोलबाट चिप्लिएर लड्दा विद्युत प्राधिकण भोजपुरमा कार्यरत प्राविधिक भोजपुर पौवादुम्मा-२ तिवारीभञ्ज्याङ बस्ने वर्ष २७ को नबिन राईको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय दिल्पाले जनाएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पश्चात शव
परिक्षणको लागि जिल्ला अस्पताल भोजपुरमा राखिएको उक्त कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : मङ्लबार, चैत्र १९, २०७५

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology