चट्याङ लागेर संखुवासभामा २ को मृत्यु

संखुवासभा – संखुवासभामा चट्याङ लागेर २ जनाको ज्यान गएको छ । चट्याङमा परी संखुवासभाको पाँचखपन नगरपालिका ९ मन्दिकाटारकी सिता विश्वकर्मा र सुकुमाया लिम्बुको ज्यान गएको प्रहरीले जनाएको छ । मंगलबार दिउँसो साढे २ बजे घरमा बसिरहेको बेला नजिकै रहेको विद्युतको पोलमा चट्याङ परेको थियो । चट्याङको झड्काले उनीहरु वेहोस् भएका थिए । उनीहरुलाई उपचार गराउन लाने क्रममा बाटैमा मृत्यु भएको हो ।