नेपाल बार एशोसिएसनको मतगणना : लोकतान्त्रिक प्यानलकाे अग्रता

काठमाडौं – नेपाल बार एशोसिएसनको शनिबार भएको निर्वाचनमा लोकतान्त्रिक प्यानलले अग्रता लिएको छ । एशोसिएसनको सोमबारदेखि सुरु भएको निर्वाचन मतगणनामा मंगलबार अपराह्नपछि मात्रै लोकतान्त्रिक प्यानलले अग्रता हाँसिल गरेको हो ।

लोकतान्त्रिक प्यानलका निर्वाचान प्रचारप्रसार समितिका संयोजक राजु कटुवालका अनुसार समूहका सुनिलकुमार पोखरेलले ७ सय ३४ मतका साथ अग्रता लिएका छन्। बाम गठबन्धन समर्थित प्रगतिशील समूहका अध्यक्षका प्रत्यासी श्रेष्ठले ६ सय ६९ मत ल्याएका छन् ।

कटुवालले महासचिवमा पनि प्रजातन्त्रवादी समूहले अग्रता हासिल गरेको छ, जस अनुसार सो समूहका लीलामणि पौडेलले ७ सय २१ मत पाउँदा प्रगतिशील समूहका सुरेन्द्रबहादुर थापाले ६ सय ५० मत पाएको बताएका छन् ।