बिहिबार, अशोज २, २०७६
Prabhav News

खोटाङमा भीरबाट लडेर एक व्यक्तिको मृत्यु



खोटाङमा भीरबाट लडेर एक व्यक्तिको मृत्यु

प्रभाव न्यूज डटकम संवाददाता, खोटाङ-  खोटाङमा भीरबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ । खोटेहाङ गाउँपालिका–४ बड्कादियाले घर भएका ४० वर्षीय देव बहादुर बुढाथोकीको मृत्यु भएको हो ।

धान रोप्न खेतमा गएका बुढाथोकी विरामी भएर सोमबार दिउँसो घर फर्किएको र साँझसम्म घरमा नआएपछि खोजी गर्दा सिमखर्क भीरमा मृत अवस्थामा फेला परेको स्थानीयलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक राजकुमार केसीले जानकारी दिए ।

बाटोबाट सिमखर्क भीरमा करिव १०० मीटर तल खसेर मृत्यु भएका बुढाथोकीको शवलाई पोष्टमार्टमका लागि जन्तेढुङ्गा गाउँपालिकास्थित स्वास्थ्य चौकी चिसापानी पठाईएको केसीले बताए ।

प्रकाशित मिति : मङ्लबार, चैत्र १९, २०७५

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology