भीरबाट खसेको ढुंगाले लागेर महिलाको मृत्यु

धनकुटा – धनकुटाको साँगुरीगढी गाउँपालिका-१० घोप्टे भीरमा सोमवार माथीबाट खसेको ढुंगाले लागेर १ महिलाको मृत्यु भएको छ । दिउँसो १ बजे भोजपुर धरान पैदल मार्गमा धरान तर्फ आउँदै गरेको अवस्थामा भोजपुर आमचोक गाउँपालिका-६ बस्ने बर्ष ४५ की कबिता राईलाई माथीबाट ढुंगा खसेर लागेको थियो । ढुंगाले लागेर ढुंगा संगै अन्दाजी १ सय ५० मिटर तल खसेर राईको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।