बिहिबार, अशोज २, २०७६
Prabhav News

हावाहुरी प्रभावितका लागि कांग्रेस सांसदहरुले दुई दिनको तलब दिने



हावाहुरी प्रभावितका लागि कांग्रेस सांसदहरुले दुई दिनको तलब दिने

काठमाडौं – नेपाली कांग्रेसका संघीय सांसदहरुले दुई दिनको तलब हावाहुरी पिडितलाई दिने निर्णय गरेका छन । आईतबार प्रदेश नं २ को बारा र पर्सा जिल्लामा भएको विनासकारी हुरी बतासबाट घरबार विहीनहरुको लागि कांग्रेसका सांसदहरुले दुई दिनको तलब दिने निर्णय गरेका हुन् ।

गए राति साँझ पौने ८ बजेदेखि सवा ८ बजेसम्म गएको हावाहुरीले अहिलेसम्म २७ जनाको निधन भएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिएका छन् । हावाहुरीले कलैया उपमहानगरपालिकासहित महागढीमाई र पचरौता नगरपालिका तथा प्रसौनी, फेटा, सुवर्ण र परवानीपुर गाउँपालिकामा धनजनको क्षति भएको छ ।

हालसम्म हावाहुरीका कारण ४०३ घाइते भएका छन् । हाल घाइतेको नारायणी उपक्षेत्रीय अस्पताल, नेशनल मेडिकल कलेज, कलैया अस्पताल, तराई अस्पताल, एड्भान्स अस्पताल, गण्डकी अस्पताल र वीरगञ्ज हेल्थ केयर युनिटमा ४०३ जना घाइतेको उपचार भइराखेको मन्त्रालयले जनाएको छ ।

ती घाइतेमध्ये ११ जनालाई यहाँस्थित त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालमा थप उपचार गर्न ल्याइएको र तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : सोमवार, चैत्र १८, २०७५

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology