बिहिबार, अशोज २, २०७६
Prabhav News

हावाहुरी प्रभावितका लागि नेकपाका सांसदले एक दिनकाे पारिश्रमिक दिने



हावाहुरी प्रभावितका लागि नेकपाका सांसदले एक दिनकाे पारिश्रमिक दिने

काठमाडौं – बिनाशकारी हुरी प्रभावितका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संघीय सांसदले एक दिनको पारिश्रमिक बराबरको रकम सहयोग गर्ने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीट गर्दै संघीय संसदमा प्रतिनिधित्व गर्ने नेकपाका सांसदको एक दिनको पारिश्रमिक बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा जम्मा गरिने बताईएको छ ।

जो जहाँ रहेर पनि विपत्मा परेकाहरुको सहयोगका लागि सक्रिय रहन समेत उहाँले आह्वान गर्नुभएको छ ।

यस अघि नेकपाका सांसद योगेश भट्टराईले संसदीय दलका उपनेता सुवास नेम्वाङलाई भेट गरेर हुरी प्रभावित परिवारको राहत र पुनस्र्थापनाका लागि नेकपाका संघीय सांसदको एक दिनको पारिश्रमिक रकम सहयोग पठाउन प्रस्ताव गर्नुभएको थियो ।

प्रकाशित मिति : सोमवार, चैत्र १८, २०७५

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology