खच्चडले लात्तीले हान्दा खोटाङमा एक वालक गम्भीर घाइते

सांकेतिक तस्विर

पवन खड्का, खोटाङ – खच्चडले लात्तीले हान्दा खोटाङमा एक वालक गम्भीर घाइते भएका छन् । घाइते हुनेमा ऐँसेलुखर्क गाउँपालिका–२ बाकाचोलका १० वर्षीय सुजन गिरी रहेको स्थानीय अनिता सुनुवारले जानकारी दिनुभयो ।

वाकाचोलबाट व्यापारीले खरिद गरेको मकै खच्चडलाई बोकाएर ऐँसेलुखर्क गाउँपालिका–३, ऐँसेलुखर्क बजार लैजादै गर्दा घर नजिकै सडकमा खेलिरहेका सुजनलाई खच्चडले लात्तीले हानेपछि सुजन गम्भीर घाइते भएका हुन् ।

घाइते सुजनको अनुहार र टाउकोमा गम्भीर चोट लागेको छ ।  उनलाई प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौँ लगिएको छ ।