मङ्लबार, साउन ७, २०७६
Tuesday, Jul 23, 2019
Prabhav News

शैक्षिक गुणस्तर उकास्न शिक्षक दरबन्दी मिलानसंगै विद्यालय ‘मर्ज’ गरियाे



शैक्षिक गुणस्तर उकास्न शिक्षक दरबन्दी मिलानसंगै विद्यालय ‘मर्ज’ गरियाे

प्रभाव न्यूज डटकम संवाददाता, खोटाङ – खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले शिक्षकको सरुवा एबं दरबन्दी मिलान गरेको छ । बुधवार बसेको कार्यपालिकाको बैठकले गाउँपालिकाभित्रका विद्यालयको शैक्षिक गुणस्तरलाई समान र समावेशी तरिकाले उकास्ने उद्देश्यले चार जना शिक्षक/ शिक्षिकाको सरुवा तथा १५ शिक्षक दरबन्दी मिलान गरेको हो ।

विद्यार्थी नभएको विद्यालयमा शिक्षक बढी हुने र विद्यार्थी बढी हुने विद्यालयमा शिक्षक अभाव हुने भएकाले विद्यालयको शैक्षिक गुणस्तर विकासका लागि शिक्षकको सरुवा तथा दरबन्दी मिलान गरिएको गरिएको गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले बताए । गाउँपालिकाले आफ्नो क्षेत्रका विद्यालयमा विद्यार्थी तथा शिक्षक संख्या अध्ययन गरी दरबन्दी मिलान तथा सरुवा गरेको जनाएको छ ।

गाउँपालिकाले देवि आधारभूत विद्यालय खमारेका शिक्षक इनरदेव यादव (निमाशि) लाई महेन्द्रोदय मावि याम्खा, महेन्द्रोय मावि याम्खाकी शिक्षिका नारायणी अधिकारी (निमाशि) लाई सरस्वती मावि कुलागाउँ, महेन्द्रदोय मावि ओख्रेका शिक्षक इश्वर लम्साल (माशि) लाई राम्चे निकेतन मावि इजारा, कृष्ण मावि टेम्माको रिक्त नेपाली विषय (मावि) शान्ति मावि टेम्मामा दरबन्दी मिलान गरिएको छ । यस्तै, जनता मावि बतासेका शिक्षक दिपबहादुर खड्का (मावि) लाई मिनाकर्ण मावि सापातेल र शान्ति मावि छोरम्वुको रिक्त विज्ञान (आधारभूत) दरबन्दीलाई जनविकास आधारभूत विद्यालय नाराङगामा दरबन्दी मिलान गरिएको अध्यक्ष राईले बताए ।

यस्तै, महेन्द्रदोय मावि ओखे्रको रिक्त (प्रावि) दरबन्दी पञ्चकौशिका मावि भण्डारेघाट, जनजागृति प्रावि पाखाटारीका शिक्षक देवेन्द्र श्रेष्ठलाई पञ्चकौशिका मावि भण्डारेघाट, जनसमुह प्रावि पिपलडाँडाका शिक्षक किन्दरमान राईलाई सरस्वती मावि कुलागाउँ, जयसरस्वती प्रावि टेम्माका शिक्षक कुवेरमान विकलाई जनजागृति प्रावि काहुले टेम्मा, समाजसेवा प्रावि नालीका शिक्षिका कमला थापालाई पञ्चकन्या प्रावि बोफ्लुमा दरबन्दी कायम गरिएको छ । सितला प्रावि लोहकिलका शिक्षक भूपराज खड्कालाई सिहंदेवि प्रावि चारकिल्ला, जनता प्रावि याम्खाका शिक्षक पदम खत्रीलाई महेन्द्रोदय आधारभूत विद्यालय लिलिमा, साप्सु निकेतन प्रावि खुतुम्बुको रिक्त प्रावि दरबन्दी जनसेवा मावि छितापोखरी र वाराम्तुङ प्रावि बतासेको रिक्त प्रावि दरबन्दी महेन्द्रतारा आधारभूत विद्यालय मूलाबारीमा दरबन्दी मिलान गरिएको छ ।

यस्तै, जनविकास आधारभूत विद्यालयकी शिक्षिका सम्फाकुमारी लिम्बुलाई तीनकन्या प्राथमिक विद्यालय याङसोलाटार, तीनकन्या प्राथमिक विद्यालय याङसोलाटारका शिक्षक रत्नबहादुर खत्रीलाई जनविकास प्राथमिक विद्यालय नाराङ्गा, पञ्चकौशिका मावि भण्डारेघाटका शिक्षक रमेश परियारलाई शान्ति मावि छोरम्बुमा र राम्चे निकेतन मावि इजाराकी शिक्षिका सरिता तिमिल्सिनालाई पञ्चकन्या प्राथमिक विद्यालय वातिखुम सरुवा गरिएको छ ।

गाउँपालिकामा एक विद्यालय ‘मर्ज’

विद्यालयमा विद्यार्थीको संख्या घटेपछि दिप्रुङ चुइचुम्मा गाउँपालिकाले एक विद्यालयलाई नजिकको छिमेकी विद्यालयमा गाभेको छ । विद्यालयमा विद्यार्थीको संख्या घटेपछि दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ को जालपादेवी आधारभूत विद्यालयलाई सिंहदेवी आधारभूत विद्यालयमा गाभिएको हो । बुधवार बसेको कार्य पालिकाको बैठकले विद्यार्थी संख्या कम भएको सो विद्यालयलाई नजिकको विद्यालयमा ‘मर्ज’ गरिएको गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले बताए ।

उक्त विद्यालयमा कार्यरत शिक्षिका अम्विका पौडेललाई साप्सु निकेतन आधारभूत विद्यालय खाम्डाँडा याम्खामा पदस्थापन गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा अन्य मर्ज गर्ने खालका केही विद्यालय भएपनि भौगोलिक कारणले हिँड्न नसक्ने स–साना विद्यार्थीलाई ध्यानमा राखेर हाललाई एउटा विद्यालयलाई मात्र मर्ज गरिएको अध्यक्ष राईले बताए ।

प्रकाशित मिति : बुधबार, बैशाख ११, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology