मङ्लबार, साउन ७, २०७६
Tuesday, Jul 23, 2019
Prabhav News

दुधकोसीमा मृत फेला परेका यूवाका पहिचान



दुधकोसीमा मृत फेला परेका यूवाका पहिचान दुधकोसीबाट शव निकाल्दै स्थानीय ।

खोटाङ – ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–४ केत्तुकेका आईतमान राई दुधकोसीमा मृत फेला परेका छन् । गत चैत्र ३० गतेदेखि सम्पर्क बिहिन भएका ३५ वर्षीय राईको शव खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडामा दुधकोसीमा फेला परेको हो । शुक्रबार दिउँसो बाहुनीडाँडाको लुलीमा पुछारमा पर्ने सान्ने दोभानमा बेवारिसे अवस्थामा फेला परेको शव आईतबार पहिचान भएको प्रहरीले जनाएको छ ।

बेवारिसे शव फेला परेको खबर पाएपछि आएका आफन्तले आईतबार मृतकको पहिचान गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक केशवकुमार खड्काले बताउनुभयो । नदीको पानीमा ढुंगामा अड्किएको अवस्थामा फेला परेको शव शनिबार पोष्टमार्टमका लागि जिल्ला अस्ताल पु¥याइएको थियो । आफन्तले जिल्ला अस्पताल पुगेर मृतकको पहिचान गरेका हुन् । मृतकको शव पोष्टमार्टमपछि सोमबार आफन्तलाई जिम्मा दिने तयारी गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : आइतवार, बैशाख ८, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology