सोमवार, साउन ६, २०७६
Monday, Jul 22, 2019
Prabhav News

सर्वाधिक राशीको अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिता हुँदै

  • प्रभाब न्युज
  • खेलकुद
  • प्रकाशित मिति : आइतवार, बैशाख ८, २०७६


सर्वाधिक राशीको अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिता हुँदै

खोटाङ – खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सर्वाधिक राशीको अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिताको तयारी गरेको छ । बार्षिक कार्यक्रम अनुशार गाउँपालिकाले सर्वाधिक राशीको पुरुष तथा महिला भलिबल प्रतियोगिताको तयारी गरेको हो ।

‘खेल खेलौ स्वास्थ्य रहौं, खेलको माध्यमद्धारा भाईचाराको विकास गरौं’ भन्ने नाराका बैसाख १५ गतेदेखि १७ गतेसम्म भलिबल प्रतियोगीता सञ्चालन हुने गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए । उनले भने, ‘ भलिबल प्रतियोगितमा मुलुकभरीका गाउँपालिका तथा नगरपालिकाका खेलाडी सहभागी बन्न पाउँनेछन् ।’

गाउँपालिकाका विभिन्न तीन खेल मैदानमा सञ्चालन हुने पुरुष भलिबल प्रतियोगिताका प्रथम समुहलाई १ लाख ३० हजार, दोश्रो हुने समुहलाई ८० हजार र तेश्रो हुने समुहलाई ५० हजार तथा महिला भलिबल प्रतियोगिताका प्रथम समुहलाई ५० हजार, द्धितीय समुहलाई ३५ हजार र तृतिय समुहलाई २५ हजार नगदका साथमा ट्रफि, मेडल तथा प्रमाण–पत्र प्रदान गरिने खेलकुद प्रतियोगीताका संयोजक शम्सेरबहादुर कार्कीले बताए ।

यस्तै, भलिबल प्रतियोगीताका सर्वोत्कृष्ट महिला र पुरुष खेलाडी, अनुशासित महिला र पुरुष खेलाडीलाई पनि जनही ५÷५ हजारका साथमा ट्रफि, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

याम्खास्थित खेलमैदानमा उद्घाटन गरिने भलिबल प्रतियोगिताको अधिकांश खेल ओख्रे खेल मैदानमा र फाईनल खेल स–छितापोखरीको तृतियाभन्ज्याङ खेल मैदानमा सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।

महिला÷पुरुष भलिबल प्रतियोगिताको अवशरमा एकल नृत्य प्रतियोगिता समेत सञ्चालन गरिने छ । नृत्य प्रतियोगितामा प्रथम हुने प्रतिभालाई १० हजार, दोश्रोलाई ७ हजार र तेश्रोलाई ५ हजारका साथमा प्रमाणपत्र प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : आइतवार, बैशाख ८, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology