पालिका स्तरीय महिला/ पुरुष भलिवल प्रतियोगिता हुने

प्रभाव न्यूज डटकम संवाददाता, खोटाङ –  दिप्रुङ चुइचुम्मा गाउँपालिकामा पालिका स्तरीय महिला÷पुरुष भलिवल प्रतियोगिता हुने भएको हो । आफ्नो वार्षिक कार्यक्रम अन्तरगत गाउँपालिकाले नयाँ वर्षको अवसरमा भलिवल र एकल नृत्य प्रतियोगिता गराउने भएका हो ।

‘खेल खेलौ स्वास्थ्य रहौं, खेलको माध्यमद्धारा भाईचाराको विकास गरौं’ भन्ने नाराका साथमा यहि बैशाख १५ गतेबाट तीन दिन गाउँपालिकाको तीनैवटा खेलमैदानमा भलिवल प्रतियोगिता गराइने एक सूचना जारी गर्दै गाउँपालिकाले जनाएको छ ।

सम्वन्धित पालिकाको खेलाडी मात्रै सहभागी भएर भाग लिन पाउने भलिवलमा पुरुष समुहका लागि ५ हजार र महिला समुहका लागि २ हजार समुह दर्ता शुल्क लाग्नेछ । प्रतियोगितामा पुरुषतर्फ प्रथम समुहलाई १ लाख ३० हजार, द्धितियलाई ८० हजार र तृतियलाई ५० हजार तथा महिलातर्फ प्रथम समुहलाई ५० हजार, द्धितियलाई ३५ हजार र तृतिय समुहलाई २५ हजार नगदका साथमा ट्रफि, मेडल तथा प्रमाणपत्र प्रदान गरिने खेलकुद कार्यक्रम संयोजक सम्सेर बहादुर कार्कीले बताए ।

यस्तै, प्रतियोगिताका सर्वोत्कृष्ट महिला/पुरुष खेलाडी, अनुशासित महिलारपुरुष खेलाडी एक/एक जनालाई जनही ५र५ हजारका साथमा ट्रफि, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ । एकल नृत्य प्रतियोगीतामा प्रथम हुनेलाई १० हजार, दोश्रोलाई ७ हजार र तेश्रोलाई ५ हजारका साथमा प्रमाणपत्र प्रदान गरिनेछ ।

उद्घाटन खेल याम्खाको खेलमैदानमा हुनेछ । अन्य बाँकी खेल ओख्रे खेलमैदान र फाईनल खेल तथा समापन सप्तेश्वर छितापोखरीको खेल मैदान तृतिया भन्ज्याङमा हुनेछ ।