मङ्लबार, साउन ७, २०७६
Tuesday, Jul 23, 2019
Prabhav News

नेविसंघद्धारा दिक्तेल बजारमा दीप प्रज्वलन (फोटो फिचर)



नेविसंघद्धारा दिक्तेल बजारमा दीप प्रज्वलन (फोटो फिचर)

खोटाङ – नेपाल विद्यार्थी संघ खोटाङले आफ्नो स्थापना दिवसको अवसरमा दित्तेलस्थित त्रिवेणीचौकमा दीप प्रज्वलन गरेको छ । सुक्रबार विहान जिल्ला अस्पतालका विरामीलाई फलफुल वितरण गरेको नेविसंघले ५० औं स्थापना दिवस तथा स्वर्ण जयन्तीको अवसर पारेर पार्टी कार्यालयमा जलपान तथा साँझमा दीप प्रज्वलन गरेको हो ।

नेविसंघ खोटाङका सभापति राज कुमार बस्नेतको नेतृत्वमा अस्पतालमा रहेका विरामीलाई फलफुल वितरण, अपरान्ह जलपान कार्यक्रम तथा साँझमा दीप प्रज्वलन गरिएको नेविसंघका उपाध्यक्ष जीवन न्यौपानेले बताए ।

जलपान तथा दीप प्रज्वलन प्रतिनिधि सभा सदस्य हिरा गुरुङको प्रमुख आतिथ्यतामा भएको अर्का उपाध्यक्ष नईन्द्र राईले जानकारी दिए ।

विसं २०२७ वैशाख ६ गते पार्टी प्रतिबन्धित अवस्थामा रहेको बेला काठमाडौँको स्वयम्भूस्थित सत्तलमा सन्त नेता कृष्णप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा नेविसंघको स्थापना भएको थियो । त्यस समय यता नेविसंघले वैशाख ६ गतेलाई आफ्नो स्थापना दिवस मनाउँदै आएको छ ।

तस्विर : प्रभाव न्यूज

प्रकाशित मिति : शुक्रबार, बैशाख ६, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology