मङ्लबार, साउन ७, २०७६
Tuesday, Jul 23, 2019
Prabhav News

हलेसीमा भएको बस दुर्घटनाका मृतक तथा घाईतेको पहिचान खुल्यो



हलेसीमा भएको बस दुर्घटनाका मृतक तथा घाईतेको पहिचान खुल्यो

खोटाङ- काठमाडौंबाट खोटाङको दिक्तेल जादै गरेको बस हलेसीमा दुर्घटनामा हुंदा एकजनाको मृत्यु भएको छ । १६ जना घाईते भएका छन् । काठमाडौंबाट यात्रु बोकेर दिक्तेल आउँदै गरेको ना ४ ख ७४११ नम्बरको बस सोमबार राती ११ बजेतिर हलेसी नजिकै रिट्ठाबोटेमा दुर्घट्ना हुंदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका – २ साेल्माका अन्दाजी ६३ वर्षीय प्रजबहादुर राईको मृत्यु भएको हो ।

दुर्घट्नामा शक्त घाईते भएका उनलाई सोही दिन राती एम्बुलेन्स मार्फत उपचारका लागि दिक्तेल ल्याउने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताए ।

दुर्घटनामा रामेछापका ४० वर्षीय महादोर्जे लामा, उहाँको श्रीमती ३५ वर्षीय लक कुमारी लामा, भक्तपुरका २६ वर्षीय टिकाराम खत्री, उदयपुरका २३ वर्षीय सुरेन्द्र राई, खोटाङ बराहपोखरीका २४ वर्षीय विष्णु कुमार राई र अर्खौलेका ५१ वर्षीय दुर्गा बहादुर मगर गम्भीर घाइते भएका छन् । उनीहरुको शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौमा उपचार भईरहेको छ ।

यस्तै, खोटाङका २४ वर्षीय सुजन रम्तेल, सप्तरीका २४ वर्षीय भूपेन्द्र प्रसाद चौधरी, बाझेच्यानडाँडाका ३० वर्षीय साजन कट्वाल, फेदीका २९ वर्षीय मैना राई, टेम्माका १७ वर्षीय ओमन राई, बाम्राङका १७ वर्षीय आशिष राई, बाझेच्यानडाँडाका २६ वर्षीय भीम वहादुर बुढाथोकी, दिक्तेलका २९ वर्षीय ओजन बहादुर आचार्य, दोर्पाका २८ वर्षीय युवराज थापा र टेम्माका १८ वर्षीय पवन राई सामान्य घाईते भएका छन् । बस सडकबाट चिप्लिएर १५/२० मिटर तल कोल्टिएर रुखमा ठोक्किदै अडिएकाले ठूलो क्षतीबाट जोगिएको बताइएको छ ।

प्रकाशित मिति : मङ्लबार, बैशाख ३, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology