आठ वर्षसम्म निष्क्रिय रहेको सहकारी संस्था पुःन सञ्चालन

खोटाङ –  खोटाङमा आठ वर्षसम्म निष्क्रिय रहेको सहकारी संस्थालाई पुःन सञ्चालनमा ल्याइएको छ । २०६६ सालमा सहकारी डिभिजन कार्यालय उदयपुरमा दर्ता गरेर वर्षदिनसम्म सञ्चालन गरेपछि बन्द भएको प्यारागन सहकारी संस्थालाई पुःन सञ्चालनमा ल्याइएको हो ।
हालसम्म कारोबार नगरेको सहकारीको अडिट लगायतका प्रकृया पुरा गरेर पुःन कारोबार सुरु गरिएको प्यारागन सहकारी संस्थाका अध्यक्ष दिपेन्द्रकुमार राईले बताए ।
बचत गर्ने बानीको बिकास गर्दै उत्पादनमुलक क्षेत्रमा ऋण लगानी गर्ने वातावरण निर्माणका लागि सहकारीलाई पूःन जगाइएको उनले बताए ।
हाल चालु पुँजी १६ लाख रहेको सहकारीलाई नयाँ सञ्चालक समिति गठन गरेर सुचारु गराइएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगगरपालिका–१ दिक्तेलको पुरानो बेसक्याम्पमा स्थापना गरिएको सहकारीको कार्यालय पूर्वजिविस सभापति बिष्णुकुमार राईले उद्घाटन गरेका हुन् ।
दिपेन्द्रकुमार राई अध्यक्ष, नइन्द्र राई र कबिराज फुयाँल उपाध्यक्ष, राजदेश राई सचिव, मुना चौंलागाई सह-सचिव रहेको सञ्चालक समिति गठन गरेर सहकारीको कारोबार पुःन सुचारु गराइएको हो । सहकारी २५ शेयर सदस्यको लगानीमा स्थापना गरिएको हो ।