सोमवार, साउन ६, २०७६
Monday, Jul 22, 2019
Prabhav News

खोटाङकाे हलेसीमा बस दुर्घटना : एकको मृत्यु, उद्धार कार्य जारी



खोटाङकाे हलेसीमा बस दुर्घटना :  एकको मृत्यु, उद्धार कार्य जारी हलेसीमा दुर्घटनाग्रस्त भएको बस । तस्विर : सौजन्य राकेस नेपाली

उत्तम चौलागाँई खोटाङ  – काठमाडौंबाट खोटाङका लागि छुटेको बस हलेसीमा दुर्घटनामा परेको छ ।
काठमाडौंबाट यात्रु बोकेर दिक्तेल आउँदै गरेको ना ४ ख ७४११ नम्बरको बस सोमबार राति ११ बजेतिर हलेसी नजिकै रिट्ठाबोटेमा दुर्घटना भएको हो । दुर्घटनामा एकको मृत्यु भएको छ, भने १० / ११ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी राजकुमार केसीले बताए ।

दुर्घटनास्थलबाट उद्धार गरेर एम्बुलेन्समार्फत जिल्ला अस्पताल दिक्तेल लैजाने क्रममा एकको बाटैमा मृत्यु भएको हो । मृतकको परिचय खुल्न सकेको छैन ।

प्रहरीका अनुसार दुर्घटनामा २/ ३ जना यात्रु गम्भीर छन्। बस सडकबाट चिप्लिएर १५/२० मिटर तल कोल्टिएर रूखमा ठोक्किँदै अडिएकाले ठूलो क्षतिबाट जोगिएको बताइएको छ । दुर्घटनामा परेका यात्रुको उद्धारका लागि इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरिक्षक भुवन खड्का नेतृत्वको प्रहरीको टोली घटनास्थलमा खटिएका छन् ।

दुर्घटनाबाट उद्धार गरिएका घाइतेलाई उपचारका लागि दुर्छिम स्वास्थ्यचौकीमा पुर्याइएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको डिएसपी केसीले बताए ।

 

प्रकाशित मिति : सोमवार, बैशाख २, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology