बुधबार, भदौ ४, २०७६
Wednesday, Aug 21, 2019
Prabhav News

काठमाण्डौंबाट यात्रु लिएर आउँदै गरेको बस हलेसीमा भर्खरै दुर्घटनाग्रस्त



काठमाण्डौंबाट यात्रु लिएर आउँदै गरेको बस हलेसीमा भर्खरै दुर्घटनाग्रस्त फाईल तस्विर

उत्तम चौलागाँई, खोटाङ, काठमाडौंबाट यात्रु लिएर खोटाङ सदरमुकाम दिक्तेल आउँदै गरेको बस हलेसी क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ । काठमाडौंबाट यात्रु लिएर आएको ना ४ ख ७४११ नम्बरको बस हलेसी तुवाचुङ नगरपालिकाको हलेसी मन्दिर नजिकको रिठ्ठाबोटेमा दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक राजकुमार केसीले टेलीफोनमार्फत प्रभाव न्यूज डटकमलाई जानकारी दिए ।

दुर्घटनामा घाईते भएकाहरुलाई स्वास्थ्य चौकी दुर्छिमतर्फ उपचारका लागि लगिएको छ । दुर्घटनामा ३ जना गम्भीर रहेको बताईएको छ । ईलाका प्रहरी कार्यालय हलेसीका प्रहरी नायव निरीक्षक भुवन बावु खड्काको प्रहरी टोली र स्थानीयवासीले उद्धार गरिरहेका छन् ।

बसमा धैैरै यात्रु रहेको र रातिको समयमा दुर्घटना भएका कारण हताहती भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । बस सडकदेखी ३० मीटर तल खसेर पल्टिएको बताईएको छ । रातिको समय ११ बजेको समय भएकोले उद्धारमा कठिनाई भएको बताईएको छ ।

प्रकाशित मिति : सोमवार, बैशाख २, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology