मङ्लबार, साउन ७, २०७६
Tuesday, Jul 23, 2019
Prabhav News

लघु जलविधुतको पावर हाउसमा चट्याङ पर्दा डेढ लाखको क्षति



लघु जलविधुतको पावर हाउसमा चट्याङ पर्दा डेढ लाखको क्षति सांकेतिक तस्विर

प्रभाव न्यूज डटकम संवाददाता, खोटाङ – चट्याङले लघु जलविधुतको पावर हाउसमा क्षति पु¥याउँदा डेढ लाखको विधुतीय सामग्री नष्ट भएको छ ।

जिल्लाको साकेला गाउँपालिका–३ खिदिमा बोपुङमा अवस्थित तावाखोला तेश्रो लघु जलविधुतको पावर हाउसमा क्षति पुग्दा कम्पनी मुल्य अनुसार १ लाख ५० हजारको सामग्री नष्ट भएको छ ।

विधुतीय सामग्री नष्टसँगै बत्ती अवरुद्ध बनेको छ । पानीसँगै परेको चट्याङले लघु जलविधुतमा रहेको एलसी बोर्ड २ थान, एमसीभी २ थान, लाईटिङ टेष्टर १५ थान, मल्टीप्लग २ थान, टिभी १ थान र डिसहोम सेट १ थान नष्ट भएकोे तावाखोला तेश्रो लघु जलविधुतका अध्यक्ष लोक प्रसाद राईले जानकारी दिए ।
पावर हाउसमा पुगेको क्षतिको विवरण सहित वडा कार्यालय खिदिमा र गाउँपालिकामा निवेदन दिने र उहाँहरुको सल्लाहा, सुझाव अनुसार अन्य प्रक्रिया अगाडी बढाईने अध्यक्ष राईले बताए ।

लघु जलविधुत बिग्रिएपछि खिदिमा, मात्तिमको माथिल्लो भाग र दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरी बास्थलाका २ सय ५२ घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन् ।

बत्ती नहुंदा विशेषगरी बृद्धबृद्धा, विधार्थीहरु मर्कामा परेका छन् । बत्ती नभएकै कारण नियमित कामकाजमा समेत समस्या भईरहेको स्थानीयले बताएका छन् । तीनै स्थानमा केन्द्रिय प्रसारण लाईनको विधुत पुगेको छैन ।

प्रकाशित मिति : सोमवार, बैशाख २, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology